0
गोल्डेन न्यूज संवाददाता
रोट्रयाक्ट क्लव अफ पोखराले सोमवार १४ औ स्थापना दिवस मनाएको छ  । तीन दर्जन भन्दा वढि रोट्रयाक्टका सदस्य, पत्रकार र विभिन्न संघ सस्थाका पदाधिकारी विच भव्य रुपमा स्थापना दिवस मनाइएको हो  । कार्यक्रममा वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले यूवा सवै भन्दा ठूलो शक्ति भएकाले यूवाहरु सधै एक जुट हुनपर्नेमा जोड दिए   । श्रेष्ठले असल मान्छे  वाटो खोज्दै हिड्छ भने सफल मान्छे आँफैले वाटो वनाउँदै जान्छ भनेर उदाहरण सहित व्याख्या गरे  । सहभागीहरुलाई मन्त्रमुग्ध वनाउँदै श्रेष्ठले अमेरीकावाट धेरै पाठ सिकेको र सकारात्मक सोचले नै जीवानमा धेरै परिवर्तन आउने वताए  ।  रोट्रयाक्टका जेड आर उपेन्द्र पौडेलले समाज सधारमा यूवा नै अग्र प्रतिमा लाग्नुपर्नेमा जोड दिए  । रोट्रयाक्ट क्लव अफ पोखराका इलेक्ट अध्यक्ष सुजन लामिछानेले कर्तव्य र अधिकार वुझेर अगाडि बढेमा जीवनका हरेक गोरेटोमा सफल भइने भने  । आगामी दिनमा क्लवमा निश्वार्थ भावनाले समाज सेवामा लाग्ने लामिछानेले प्रतिवद्धता गरे  ।  रोट्रयाक्ट क्लव अफ पोखराका उपाध्यक्ष शिवलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्ट क्लव अफ पोखराका पूर्व अध्यक्ष शोभाकान्त सिग्देल, रोट्रयाक्ट क्लव अफ पोखरा न्युरोडका अध्यक्ष संजीव पौडेलले युवाकोवारे चर्चा गरेको कार्यक्रममा धन्यवाद सदस्य सुदीप गुरुङले गरेका क्लवका सदस्य भवानीथापा मगरले वताइन  ।

Post a Comment

 
Top