गोल्डेन न्यूज संवाददाता
आध्यात्मिक तथा मानसिक परामर्श अभियान मंगलवार लेखनाथको गगनगौडामा सम्पन्न भएको छ । लेखनाथमा आयोजना गरिएको यो दोश्रोपल्ट हो भने कास्की, गोरखा, लमजुङ, नुवाकोट, तनहु लगायतका विभिन्न स्थानहरुमा अभियानको टोली पुगी हालसम्म विस वटा कार्यक्रम सम्पन्न गरीसकेका छन् । भुकम्पका कारण भएको डर त्रासलाई न्युनिकरण गर्दै भत्किएको मनमा शान्ति र आनन्द जगाउने उदेश्यका साथ सम्पुर्ण आध्यात्मिक धार्मिक संघसंस्था, समाजिक अभियन्ता, पत्रकार,प्रशासन, मनोचिकित्सक संघ, इन्जिनियर भुगोलविद् लगायत एकजुट भई संयुक्त रुपमा संचालन गरेको अभियानको प्याकेज कार्यक्रम लेखनाथमा प्रस्तुत गरिएको हो ।कार्यक्रममा सहभागीहरुले कार्यक्रम उपयोगी भएको भन्दै यो कार्यक्रम भुकम्पको डर हटाउन मात्र नभई अध्यात्मिक जागरण तथा मनमा शान्ति ल्याउन समेत सहयोग गर्ने र तनाव व्यवस्थापन गर्न अत्यन्त उपयोगी भएको वताएका छन् । सहभागिका तर्फवाट वोल्दै कृष्ण प्रसाद पौडेलले उक्त कुरा वताएका हुन् ।कार्यक्रममा स्वागत मंतव्य गणेशवहादुर खत्री र राजु खत्रीले राखेका थिए । गणेश नेवा खल गगनगौडा लेखनाथ १२ मा सम्पन्न कार्यक्रममा अभियानका संयोजक सहक्षेत्रिय प्रशासक दिवाकर वास्तोला, सदस्य सचिव सुष्मा पौडेल, सदस्य माधव पहारी,वौद्ध मार्गी मिन लामा व्र कुमारी सुधा , ओशो स्वामी कुमार लगायतले प्रस्तुती राखेका थिए ।कार्यक्रमको व्यवस्थापन पतंजली योग समिति कास्कीका मार्गदर्शक दिपक सिग्देलले गरेका थिए भने खाजा व्यवस्थापनमा महेष आचार्य, प्रेम लिगल खटिएका थिए । कार्यक्रममा सदस्यहरु शैलेषराज वराल, अर्जुन वहादुर केसी, ललितवहादुर कुँवर, लक्ष्मण पौडेल लगायतको सहभागीता रहेको थियो । त्यस्तैगरि राष्ट्रिय परोपकार महासंघको व्यवस्थापनमा समेत आध्यात्मिक तथा मानसिक परामर्श अभियान परोपकार प्राङगणमा सम्पन्न भएको छ ।युवा पं कमलनयन गौतम, डा लेखनाथ आचार्य, ओशो स्वामी कुमार, योग प्रक्षिक्षक दिपक, व्रकुमारी सुधा लगायतको प्रस्तुति रहेको थियो ।
Post a Comment