गोल्डेन न्यूज संवाददाता
महिला उद्यमी सेवा केन्द्र नेपालले आयोजना गरेको ४ दिने जरी माला तथा प्लाष्टिकका झोला न्यूनीकरणका लागि वैकल्पिक झोला निर्माण प्रविधि तालिम बिहीबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा अर्पणको सह–आयोजना तथा पोखरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिमको समापन गर्दै प्रमुख अतिथि उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेलले तालिमले प्लाष्टिकको झोला प्रयोग न्युनिकरण गर्न सहयोग पुग्ने बताए । तालिमले महिलालाई वैकल्पिक रोजगारको माध्यम तथा महिलाहरुको जीवनयापनमा सहयोग गर्ने बताउँदै उनले महिलाहरु आफैले आयआर्जन गर्न सक्नुपर्ने र त्यसमा पुरुषले सहयोग गर्नुपर्ने बताए ।
अकलादेवी धार्मिक बृहत्तर विकासका अध्यक्ष पुष्पेन्द्र पाण्डेले तालिमलाई तालिममा मात्रै सीमित नराखेर व्यवसायिक रुपमा अगाडि बढ्न आग्रह गरे । रेडियो जननीकी स्टेशन म्यानेजर विमला भण्डारीले महिलाहरुले आफूसँग भएको सिपलाई प्रयोग गरेर उद्यमशीलता मा लाग्नुपर्ने बताइन । वडा सचिव सूर्य नेपालीले महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई उद्यमशीलतामा लागेर आयआर्जनमा लाग्नुपर्ने बताए । तालिमा सहभागी अरुणा बरालले तालिम निकै प्रभावकारी भएकाले आफुहरुलाई उद्यमशीलतामा लाग्न सहयोग हुने बताइन । महिला उद्यमी सेवा केन्द्र नेपाल तथा लायन्स क्लब अफ पोखरा अर्पणका अध्यक्ष लक्ष्मी पाण्डेले महिलाहरु व्यवसायिक रुपमा अगाडी बढुनु पर्ने बताइन । हरियाली पोखराका अध्यक्ष गोविन्द लामिछानेले समाजलाई आर्थिक रुपमा अगाडि बढाउनका लागि महिलाहरु उद्यमशीलतामा लाग्नु आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली कांगे्रसका गाँउ इकाई सभापति महेश्वर पौड्याल, सुरथेश्वर शिवालयका अध्यक्ष मदन बहादुर केसी, प्रशिक्षक जायदार खुतान, लगायतले बालेका थिए । तालिममा ४० जना महिलाको सहभागीता रहेको थियो ।

Post a Comment