गोल्डेन न्यूज संवाददाता
उच्च शिक्षा अध्ययनको अभिलाषा लिएर पोखरा आएका विद्यार्थी अध्ययनसँगै एकाएक सम्मानित हुन पाउँदा हर्षित भएका छन् । पोखराको सिम्पानीस्थित स्पाइरल ग्यालेक्सी उच्च मा.वि ले उच्च शिक्षा अध्ययनका लागि विद्यालय प्रवेश गरेका विद्यार्थीलाई बधाई ज्ञापन सहित सम्मान गरेको छ ।
प्रवेशिका परिक्षा २०७१ मा ८८ दशमलव ५ प्रतिशत अङ्क ल्याएका पवन खत्री, उनका बुबा नागेन्द्र अत्रीलाई सम्मान गरेको छ । विद्यालयका प्राचार्य नारायण शर्मा चापागाई र व्यवस्थापकीय संयोजक अर्जुन ढकालले बुके, खादा र विद्यालयको जानकारी समेटिएको डायरी प्रदान गरे । विज्ञान संकायमा भर्ना भएका विद्यार्थी खत्रीले यहाँको उत्कृष्ट प्रयोगशाला, भूकम्प प्रतिरोधी भवन तथा शैक्षिक वातावरणका कारण आफू लोभिएको बताए । खत्रीका अभिभावक नागेन्द्र खत्रीले छोराको रोजाई अनुसार नै आफूले विद्यालयमा भर्ना गरिदिएको बताए । प्राचार्य चापागाईले विद्यार्थीको रोजाई अनुसारकै शिक्षा र सुविधा दिन आफूहरु तयार रहेको बताए । विद्यालयले यस अघि धादिङ जिल्लामै तेस्रो हुन सफल महेश न्यौपाने र उत्कृष्ट दशमा पर्न सफल प्रविना कुवँरलाई सम्मान गरेको थियो । उनीहरु दुवैजना विज्ञान संकायमा भर्ना भएका छन् ।

Post a Comment