0
गोल्डेन न्यूज संवाददाता
टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० को आयोजनामा ४ दिने लेखा तथा उद्घोषण तालिम पोखरा १० मा ६० जना सहभागी गराई तालिमको शुभारम्भ गरियो ।  ४ दिने तालिममा पोखरा उपमहानगरपालिका कार्यालयका सामाजिक विकास शाखाका शाखा प्रमुख ओमराज पौडेलको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा प्रमुख अतिथि पौडेलले  कार्यक्रमको उद्घाटन गर्दै टोल विकास संस्थाले आफ्ना सदस्यहरुलाई लेखा तालिम दिई टोल टोलमा गठन भएका संस्थाहरुको हिसाब स्वच्छ, दुरुस्त राख्न मद्दत पु¥याउने भन्दै यस्ता तालिमले टोल र समाजका सदस्यहरुको प्रगति हुँदै टोल विकासमा लम्कने बताए । तालिममा टोल विकास संस्थाका २२ टोला कोषाध्यक्ष, ३० वटा महिला समूहका कोषाध्यक्ष र अन्य गरी ६० जनाले तालिममा सहभागी गराई संचालन गरिएको तालिममा लेखा सम्बन्धी लक्ष्मण कोइराला र उद्घोषण सम्बन्धी पत्रकार सुष्मा पौडेल र घनश्याम पाण्डेले प्रशिक्षण गराउने समितिका उपाध्यक्ष किशोर घिमिरेले बताए । तालिममा टोल विकास संस्था महिला नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्ग, प्रशिक्षक लक्ष्मण कोइराला, नेका वडा नं.१० का सभापति विष्णु प्रसाद शर्मा, नेकपा एमाले प्रतिनिधि पुण्य प्रसाद शर्मा, नेकपा माओवादीका वडा इन्चार्ज राम बहादुर थापा, राष्ट्रिय जनमोर्चाका वडा इन्चार्ज जयराम आचार्य, संघीय समाजवादी पार्टीका वडा इन्चार्ज कृष्ण गुरुङ्ग, वडा कार्यालय वडा नं.१० का सचिव नवराज थापा र उपशाखा १०, ११ का सचिव सूर्य बहादुर बानिया लगायतले आ–आफ्नो विचार राख्दै सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने सुझाव दिए । टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमरसिंह महिला समूहका अध्यक्ष सविता श्रेष्ठले स्वागत तथा कार्यक्रमको संचालन सचिव किरण प्रसाद भट्टचनले गरेका थिए ।

Post a Comment

 
Top