0
गोल्डेन न्यूज संवाददाता
जिल्ला विकास समिति कास्की अन्तर्गत संचालित सामाजिक सुरक्षा कार्यक्रम जिल्ला अनुगमन समिति कास्कीले सोमबार कास्कीको ल्वाङ्गघलेल गा.वि.स.मा सामाजिक सुरक्षा भक्ता वितरण कार्यक्रमको अनुगमन तथा निरीक्षण गरेको छ । सो अनुगमनमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रको प्रक्रिया तथा प्रभावकारीताका सम्बन्धमा अनुगमन गरिएको हो । सुरक्षा भक्ता प्राप्त गर्नेको विवरण, अद्यावधिक अवस्थाका साथै विवरण सार्वजनिक गरे नगरेको विषय, सेवा प्रदान गर्दा पालना गर्नुपर्ने नियमहरुका प्रक्रियाहरुको बारेमा समेत अवलोकन सहित प्रतिवेदन तयार गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरीएको हो ।  जिल्ला अनुगमन उपसमितिका संयोजक तथा जिविस कास्कीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कृतर्न राज पौडेलको नेतृत्वमा, महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जि.सी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिल शाहि, जिविस कास्कीका सामाजिक शाखा प्रमुख अर्जुन न्यौपाने, सामाजिक शाखाका दुर्गा पौडेल, पत्रकार महासंघको तर्फबाट जमुना वर्षा शर्मा, गैसस महासंघका प्रतिनिधि सरोज बराल लगायतको टोलीले अनुगमन गरेको हो । सो अवसरमा उक्त गाविसका सचिव विदुराम ढकालले संचालित सामाजिक सुरक्षा कार्यक्रमको विवरण तथा अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले आफ्नो गाविसमा सामाजिक सुरक्षा कार्यक्रमलाई बढि भन्दा बढि पारदर्शि र जवाफदेहि बनाउन खोजेको जानकारी दिएका थिए । सो कार्यक्रममा गाविस स्थित विभिन्न राजनीतिक दल तथा सम्बद्ध प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

Post a Comment

 
Top