गोल्डेन न्यूज संवाददाता
उद्योगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन गर्दै यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्धेश्यले स्थापित लेखनाथ उद्योग वाणिज्य संघको १९ औं स्थापना दिवश तथा वार्षिकोत्सव समारोहको सन्दर्भमा वार्षिक निति तथा कार्यक्रमका वारेमा अन्तरक्रिया सम्पन्न भयो । वुधवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको कार्यक्रमको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीले अध्यक्षता गरेका थिए । कार्यक्रममा सहभागीहरुले उद्योग वाणिज्य संघले गर्नुपर्ने कार्यक्रमका वारेमा आ आफ्नो तर्फवाट राय सल्लाह, सुझाव राखेका थिए ।कार्यक्रममा आज सम्म सम्पन्न कार्यक्रमको समिक्षा गरिएको थियो भने संघको परिकल्पना र लक्ष्य प्राप्तिका अगामी साधारण सभामा पेश गर्ने निति तथा कार्यक्रमका वारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।उद्योग व्यापारको प्रवद्र्धनका अतिरिक्त लेखनाथको समग्र आर्थिक तथा सामाजिक विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा प्रभाव पार्नेखालका कार्यक्रमहरु संचालन गरि उद्योगी व्यवसायीहरुको हक र हितका लागि हुने कार्यक्रम संचालन गर्नका लागि आग्रह गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमितिका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, उससमिति संयोजक, वस्तुगत संघ संस्थाका अध्यक्ष, वजार व्यवस्थापन समितिका अध्यक्ष तथा उद्योगी व्यवसायीहरुको सक्रिय सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वलराम ढकालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गर्नुभएको थियो
Post a Comment