0
सार्दीखोला पोलिक्लिनिक प्रालिले आफ्नौ पाँचौ वार्षिकोत्सवको अवसरमा बगरमा शनिबार निःशुल्क मधुमेहसम्बन्धी रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गर्दै छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल), गिरी कम्प्लेक्स, न्युरोडको प्राविधिक सहयोगमा हुने शिविरमा सहभागीको खानाअघि र खानापछि निःशुल्क मधुमेह परीक्षण गरिने बताइएको छ । शिविरमा थाइराइडलगायत अन्य जुनसुकै रोगसँग सम्बन्धित रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए। युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा हरेक महिना निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

Post a Comment

 
Top