गोल्डेन न्यूज संवाददाता
पोखराका आमा समूहले भूकम्पले भत्काएको गोरखाको एक विद्यालयमा पुगी अस्थायी टहरो निर्माणका लागि जस्तापाता हस्तान्तरण गरेका छन् । गोरखा नगरपालिका ६ को रत्नलक्ष्मी माध्यामिक बिद्यालयमा टहरो निर्माण गर्न ७६ हजार वरावरको १० वण्डल रंगीन जस्तापाता हस्तान्तरण गरेका हुन् । संकल्प आमा समूह र सृजनशिल आमा समुह पोखरा १७ को आयोजनामा उक्त जस्तापातासँगै एक लाख रुपया सहयोग गरिएको हो । वाकी २४ हजार विद्यालयका प्रअलाई हस्तान्तरण गर्दै छात्राहरुका लागि सेनेटरी प्याड, साबुन र छुट्टै शौचालय निर्माण गर्न अनुरोध गरे । कार्यक्रममा वोल्दै जिल्ला शिक्षा अधिकारी अर्यालले विद्यालयमा त्रिपालमा वसेर पानी परेका वेला पनी पढ्नुपर्ने समस्यालाई जस्ताले समाधान गर्ने भन्दै आमासमुहप्रति आभार व्यक्त गरे । उनले गोरखामा अधिकाशं सवै विद्यालयमा पोखरावाट सहयोग प्राप्त भएको भन्दै सम्पुर्ण पोख्रेलीप्रतिपनी आभार गरे । उनले गोरखाका ९० प्रतिशत भन्दा वढी विद्यालय भवन पुर्ण रुपले भत्केको भन्दै टहरा निर्माणमा पोख्रेलीहरुको अतुलनीय सहयोग रहेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले सवै आमा समुहले यसरी नै सहयोग गरे भत्केका सवै विद्यालय वन्न वेर नलाग्ने धारणा व्यक्त गरिन् । त्यस्तै आमा समुहका अध्यक्षद्वय भगवती वराल र लक्ष्मी देवकोटाले मानवताका लागि सेवा गरेको भन्दै आवश्यक परेमा फेरी सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादुर मालवुलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार कैलाशवावु श्रेष्ठले पोखरादेखी विद्यालयलाई सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका थिए भने स्वागत प्रअ त्रिपाठीले र सञ्चालन शिक्षक राजेन्द्र भण्डारीले गरेका थिए । विद्यालयमा १७२ जना विद्यार्थी रहेका छन् भने १४ कोठे भवन भुकबम्पले भत्काएपछि विद्यार्थीहरु त्रिपालमुनी वसेर पढ्न वाध्य भएका छन् । कार्यक्रममा टिका देवी रेग्मी, लक्ष्मी वाँस्तोला, विष्णु केसी,लक्ष्मी शर्मा पोख्रेल, पार्वती बराल,देवका पोख्रेल,देवी वराल, शुभद्रा बराल, राधिका पौडेल, सुन्दर श्रेष्ठ, प्रेमलाल पराजुली, संगीता बस्नेत,माया केसी, देवी शर्मा, पार्वती बराल लगायतको सहभागिता रहेको थियो ।
Post a Comment