0
गोल्डेन न्यूज संवाददाता
दलितहरुको हक अधिकार, चेतना अभिबृद्धिका लागि पोखराको निर्मलपोखरीमा कानूनी साक्षरता तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दलीतहरुलाई राज्यको मूलप्रवाहमा ल्याउनका लागि राज्यका निकायहरुमा भएको कानुनी व्यवस्थाको बारेमा साक्षात्कार गराइ उनीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको आयोजक दलित समन्वय समितिले जनाएको छ । कार्यक्रममा दलित समुदायका ४० जनाको सहभागिता थियो । पोखरा उपमहानगरपालिका वडा नं. २३ का सचिव मुक्तिनाथ पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा अधिवक्ता हरिराज पोखरेलले जातीय छुवाछुत भेदभाव कसुर तथा सजायसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं. २३ का दलित समुदायका १० जना विद्यार्थीहरुलाई जनही २ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो । छात्रवृत्ति पाउनेमा किसान नेपाली, बबिता नेपाली, विष्णु बिक, शिव परियार, गौतम सुनार, पवित्रा सुनार, सम्झना बिक, कमला सुनार, प्रजुना नेपाली छन् । दलित समन्वय समितिका अध्यक्ष चन्द्रा नेपालीको अध्यक्षतामा भएको कार्यक्रम संचालन रश्मी नेपालीले गरेकी थिइन् ।

Post a Comment

 
Top