0
 गोल्डेन न्यूज संवाददाता
सहारा टोल विकास संस्था पोखरा–९ को मङ्गलबार सम्पन्न दोस्रो साधारण सभाले दिलिपकुमार सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।   समितिको उपाध्यक्षमा प्रकाश नेपाली, रेवतीराज सुवेदी, सचिवमा झुमबहादुर पुन, सहसचिवमा प्रेमबहादुर पुन, कोषाध्यक्षमा रुद्र के.सी, सदस्यहरुमा मिलन दुलाल, कृष्णप्रसाद थापा मगर, कमला सुनार, एकबहादुर थापा मगर, अन्जना श्रेष्ठ, भोजराज गुरुङ र गीता खवास छन् । कार्यक्रममा कमला वि.कको अध्यक्षतामा सहारा टोल विकास आमा समूह पनि गठन गरिएको छ । समितिको उपाध्यक्षमा पार्वती पौडेल, सचिवमा गीता खवास, कोषाध्यक्षमा वसन्ती क्षत्री, सदस्यहरुमा गितासिंह ठकुरी, गङ्गा कार्की, गङ्गा पुन, काशी गुरुङ, अञ्जना श्रेष्ठ, तिलमाया बराल, बेलकुमारी राना मगर, लालमाया गुरुङ र टपमाया राई छन् । यसअघि पोखरा–९ का वडा सचिव लोकदर्शन कोइरालाले साधारण सभाको उद्घाटन गरेका थिए । सहारा टोल विकास संस्थाका अध्यक्ष राजु वि.कको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी उत्तम जोशी र झुमबहादुर पुन मगर लगायतले बोलेका थिए ।

Post a Comment

 
Top