यस वर्षको एसएलसी परीक्षामा कास्कीको अमरसिंह उच्च माविबाट परीक्षा दिएका दृष्टिविहीन विद्यार्थीहरु सबै उत्तीर्ण भएका छन् । जसमध्ये ७ जना प्रथम र १ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका हुन् । प्रथम श्रेणीमा उत्तीर्ण हुनेहरुमा अरुण ढुङ्गेल, बन्दना बराल, चिजा गिरी, दुर्गा पौडेल, जीवन आचार्य, लोकबहादुर थापा र गुलावसा खातुन रहेका छन् भने हिता गुरुङले द्वितीय श्रेणीमा उत्तीर्ण गरेको विद्यालयका स्रोत शिक्षक लोकबहादुर गुरुङले गोल्डेन न्यूज दैनिकलाई बताए । यसैगरी पोखराको छोरेपाटनस्थित ओम एकेडेमीबाट शतप्रतिशत विद्यार्थीहरु एसएलसी परीक्षामा उत्तीर्ण भएका छन् । एकेडेमीका प्रिन्सिपल युवक लामिछानेका अनुसार १३ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी थिए । जसमध्ये ३ जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएको बताइन्छ । यसैगरी कास्कीको चापाकोटस्थित सिद्धबराह उच्च माविबाट एसएलसीमा सहभागी भएका मध्ये १७ जना प्रथम श्रेणी र ३० जना द्वितीय श्रेणीमा उत्तीर्ण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुलीले जानकारी दिए । यसैगरी पोखरा–५, पस्र्याङस्थित शान्ति निकेतन स्कूलबाट परीक्षामा सहभागी १७ जना सबै विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल महेश पराजुलीले जानकारी दिए । यसैगरी पोखराको गैह्रापाटन स्थित कुमुदिनी होम् िउच्च माविका ८२ जना विद्यार्थीमध्ये ३१ जना विशिष्ट, ४९ जना प्रथम र २ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । सोही विद्यालयबाट उत्तीर्ण भएकी प्रतिष्ठा बुद्धाचार्यले ९१.६२ प्रतिशत अंक प्राप्त गरि कास्की जिल्ला प्रथम बन्न सफल भएको कुमुदिनी होम्सका ईश्वरमणि अधिकारीले गोल्डेन न्यूज दैनिकलाई बताए
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
शिक्षा
» कास्कीका दृष्टिविहीन सबै उत्तीर्ण
Subscribe to:
Post Comments (Atom)
Post a Comment