नेपाल प्रेस युनियन कास्की शाखाले सल्लाहकार चयन गरेको छ । शाखाको शुक्रबार बसेको बैठकले अधिवेशन सम्पन्न भएको करिब १ वर्षपछि ६ सदस्यीय सल्लाहकार चयन गरेको हो । कास्की शाखाको सल्लाहकारमा गंगाधर पराजुली, रमेश पौडेल, राजबहादुर गुरुङ, रविन्द्र वास्तोला, हेमराज बराल र डा.ज्यो.वलराम उपाध्याय रेग्मीलाई चयन गरेको छ । त्यसैगरि कार्य समितिमा तीन जना सदस्य मनोनयन गरिएको छ । मनोनित सदस्यहरुमा विमला भण्डारी, सोमनाथ बराल र रेम विक रहेको कास्की शाखाका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । बैठकले नेपाल सरकार सञ्चार मन्त्रालयबाट राष्ट्रिय समाचार समितिको वोर्ड सदस्य नियुक्ति भएका नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीलाई बधाई दिंदै पूर्ण कार्यकालको सफलताको शुभकामना प्रकट गरिएको छ । वैठक नेपाल प्रेस युनियन कास्की शाखाका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» प्रेस युनियनमा सल्लाहकार चयन
Subscribe to:
Post Comments (Atom)
Post a Comment