गोल्डेन न्यूज संवाददाता
यस वर्षको एसएलसी परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसअनुसार १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार परीक्षार्थी मध्ये नियमिततर्फ १ लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ १ लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् । प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ । त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् । यसैगरी ५ हजार ९९ ले परीक्षा छाडेका छन् भने १ हजार १ सय ९९ जना परीक्षार्थीको परीक्षा रोकिएको छ । ६ सय १२ जनाको परीक्षा रद्द भएको छ भने ८३ जनाको एक्स्पेल्ड भएको छ । गत वर्ष ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसैगरी सामुदायिक विद्यालय तर्फ ३३.१८ प्रतिशत वीद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष सामुदायिकमा २८.१९ प्रतिशत उत्तीर्ण भएका थिए । यस्तै एक्जाम्टेडतर्फ १ लाख ३६ हजार विद्यार्थी सहभागी भएकोमा १३.८० प्रतिशत उत्तीर्ण भएका छन् । यसअनुसार १८ हजार ७ सय ७८ विद्यार्थी एक्जाम्टेडमा उत्तीर्ण भएका हुन् । यता, ग्रेडिङअनुसार गरिने प्राविधिकतिरको नतिजा भने एक सातापछिमात्रै सार्वजनिक हुनेछ । प्राविधिकतर्फ सबै सहभागी उत्तीर्ण हुनेछन् । यसैगरी एसएलसीको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले पुरक परीक्षाको तालिकासमेत शुक्रबार नैै सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार पुरक परीक्षा आगामी साउन २० गतेदेखि २७ गतेसम्म चल्नेछ । शनिबारको दिनसमेत चल्ने परीक्षाको केन्द्र सम्बन्धित जिल्लाको सदरमुकाममा हुने पनि जानकारी दिइएको छ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षामा दुई विषयसम्म लागेकाले पुरक परीक्षा दिन सक्ने व्यवस्था छ । यसैबीच २०७१ सालको एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै आफ्ना विद्यार्थीहरुले उच्च अंक पाएको भन्दै घोषणा गर्ने क्रम सुरु भएको छ । मध्यपुर थिमीमा रहेको विनायक शिक्षा निकेतन अंग्रेजी विद्यालयले आफ्नो विद्यालयकी छात्रा रुवि श्रेष्ठ नेपालटप भएको दाबी गरेको छ । अन्य स्थानबाट दाबी आउने क्रम जारी रहँदा भक्तपुरमा भने यो समाचार तयार हुदाँसम्म उक्त विद्यालयकी छात्रा रुवि श्रेष्ठले ७ सय ४३ अर्थात ९२.८७ प्रतिशत अंक प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले दाबी गरे । उनले शुक्रबार प्रकाशित परिक्षाफलको नतिजाअनुसार ०२८३०२७ त्त सिम्बोल नं भएकी श्रेष्ठले अनिवार्य अंग्रेजीमा विषयमा ९०, नेपालीमा ८५, गणितमा ९९, विज्ञान ९६, सामाजिक ८४, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९४, ऐच्छिक गणितमा ९८ र कम्प्युटर विज्ञानमा ९७ अंक प्राप्त गरेको प्रिन्सिपल प्रजापतिले जानकारी दिए ।
Post a Comment