0
पोखरामा विविध कार्यक्रमको आयोजना गरेर मनाइँदै आएकोे विश्व संगीत दिवस यो वर्ष भने भिन्नै रुपमा मनाइँदै छ । गत बैशाख १२ गतेको भूकम्प र त्यसपछाडि आएका पराकम्पनका कारण त्रसित बनेकाहरुको त्रास हटाउन संचालित भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियान मार्फत आफ्नो प्रस्तुति राख्दै संगीत दिवस मनाइने भएको अभियानका गण्डकी धौलागिरी संयोजक मेनकाजी गुरुङ्गले बताए । भूकम्प पछि महिला बालबालिकाहरुको त्रासलाई घटाउन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले विभिन्न कलाकारको तीन ओटा समूह बनाएर अहिले पोखरामा कार्यशाला गरिरहेका छन् । उनकै यो अभियानमा पोखरेली कलाकर्मी साथ दिंदै संगीत दिवस मनाउने भएका हुन् । पोखरामा क्रियाशिल विभिन्न स्थानीय कलाकारलाई समेटेर बनाईएको यीे समूहले गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीका विभिन्न स्थानमा ‘भूकम्प सम्बन्धी सांस्कृतिक जनचेतना अभियानु सञ्चालन गरिसकेको छ । कास्कीको लेखनाथको भण्डार ढिकमा असार ५ गते शनिबार र पोखरा उद्योग वाणिज्य संघको हलमा असार ६ गते आइतबार विश्व संगीत दिवसको दिन समापन कार्यक्रम गरिने अभियानका मूल संयोजक एवंम संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले बताए । हुन त नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले देशैभरी यस्तो अभियान चलाएको हो । अभियान अन्तर्गत उपकुलपति शम्भुजित बास्कोटाको संयोजकत्व मा विभिन्न कलाकारको समूहले काठमाडौं उपत्यका, डा. मुरारी पराजुलीको अध्यक्षतामा गठित कलाकारको समूहले भैरहवा, बुटबल लगायतका क्षेत्रमा, प्राज्ञ परिषद् सदस्य पुष्कर गुरुङले दोलखाको चरिकोटमा, सदस्य सचिव गणेश रसिकले इलाममा,  प्राज्ञ परिषद सदस्य रमेश रञ्जन झा जनकपुर, अर्का प्राज्ञ परिषद सदस्य उदयचन्द्र श्रेष्ठ ओखलढुँगा र प्राज्ञ परिषद सदस्य माधव प्रधान ललितपुरको चापागाउँ लगायतका ठाउँमा स्थानीय कलाकारको सहयोग र सहभागीतामा कार्यक्रम गरेका छन् । प्राज्ञ परिषद सदस्य उन्नती शिला बोहरा र प्राज्ञ परिषद सदस्य पवित्रा घर्ती मगर पनि विभिन्न ठाउँमा अभियान लिएर पुगेका छन् । यसबाट भूकम्पबाट त्रसीत बनेकाको त्रास कम भएको आयोजकको विश्वास छ । अभियान अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागिता जनाएका लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल पोखरा र लेखनाथमा हुने सांस्कृतिक जनचेतना अभियानमा दर्शकको संख्या उल्लेख्य रहने बताउँछन् ।  अनुशिलन कला पाठशाला, पोखरेली युवा सास्ंकृतिक परिवार, संगीत प्रशिक्षण केन्द्र, झिंगु भाय झिगुसंस्कृति पुचः, हिमाली साँस्कृतिक परिवार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कास्की, पोखरेली सांगीतिक कलाकार संघ, सप्तरंगी सांस्कृतिक प्रतिष्ठान, पोखरा लोक संगीत समुह, जोजीजु म्युजिक सेन्टर, त्रिवेणी संगीतालय, तरना म्युजिक सेन्टर, गुरुकुल संगीत प्रशिक्षण केन्द्र, पोखरा नाच घर, झलकमान गन्र्धव राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण प्रतिष्ठान, साँगीतिक कलाकार संघ पोखरा, भक्ति संगीत प्रतिष्ठान, अलिमियाँ लोक वाङग्मय प्रतिष्ठानका लगायतका १८ वटा संस्थाको संयुक्त आयोजनामा संगीत दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिदै आइएको थियो । यसपालीको कार्यक्रममा भने यि १८ संस्था मध्य राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की र झलकमान गन्र्धव राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण प्रतिष्ठानले सहभागीता नजनाउने हिमाली साँस्कृतीक परिवारका अध्यक्ष समेत रहेका संयोजक गुरुङ्गले बताए  । त्यसो त लेखनाथ साहित्यीक प्रतिष्ठान, रामभक्त जोजीजु म्युजिक स्कुल, प्राचिन, सरगम साँस्कृतिक कला केन्द्र लगायतका संस्था भने थपिएकोले कार्यक्रममा झण्डै २४संस्थाको सहभागिता हुने उनको विश्वास छ ।  पोखरा र लेखनाथमा हुने कार्यक्रम सफल बनाउन सम्पुर्ण तयारी पुरा भएको गुरुङ्गले जनाए । पोखरामा हुने कात्र्रक्रममा कलाकारले नृत्य, शास्त्रीय संगीत, आधुनिक संगीत, लोकसंगीत, पप, लाइभ ब्याण्ड, विभिन्न सांगीतिक धुन प्रस्तुत गर्ने आयोजकले जनाएका छन् । संगीत र साहित्यको क्षेत्रमा पोखरालाई चिनाउन सामुहिक पहल भैरहेको संगीतकर्मी नवराज बरालको भनाई छ । ‘पोखरामा रहेका संगीत र साहित्यको क्षेत्रमा लाग्ने संघ संस्थालाई एकीकृत गरी महासंघ बनाउने पहल भैरहेको छ’ ।जोजीजु म्युजिक सेन्टरका संस्थापक समेत रहेका संगीतकर्मी विनित जोजीजु साँगीतिक क्षेत्रको प्रगतीको लागि सबै कलाकार एकजुट हुनुपर्ने र साँगीतिक क्षेत्रलाई उद्योग सरह मान्यता दिनुपर्ने तर्क राख्छन् । ‘साँगीतिक क्षेत्रलाई उद्योग सरह मान्यता दिनुपर्छ अनिमात्र यो क्षेत्रको विकास सम्भव छ ।’ उनले भने । तरना म्युजिक सेन्टरका सञ्चालक श्रीमान थुलुङ विगतका कार्यक्रमलाई निरन्तरता दिन नसकेपनि यसपालिको कार्यक्रमको महत्व बेग्लै हुने बताउँछन् । पोखरामा २०६० सालदेखि संगीत दिवसको अवसरमा कार्यक्रम गरिदै आएकोमा पहिलो वर्ष पोखरेली युवा साँस्कृतिक परिवारले यो दिवस मनाएको थियो । त्यसपछि क्रमशः संगीत प्रशिक्षण केन्द्र, झिगु भायः झिगु साँस्कृतिक पुच, हिमाली साँस्कृतिक परिवार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, पोखरेली साँगीतिक कलाकार संघ, सप्तरंगी साँस्कृतिक प्रतिष्ठान, पोखरा लोकसंगीत समूह, पोखरेली युवा साँस्कृतिक परिवार, जोजीजु म्युजिक सेन्टर, त्रिवेणी संगीतालय र अघिल्लो वर्ष अनुशिलन कला पाठशालाको संयोजनमा कार्यक्रम भएको थियो । यसपाली अलिमिया लोक वाङग्मय प्रतिष्ठानको संयोजन गर्ने पालो थियो । सन् १९७० देखि फ्रान्स सरकारले २१ जुन, वर्षको लामो दिन भएकोले यसलाई विभिन्न साँगीतिक कार्यक्रम गरी मनाउनुपर्छ भनेर संगीत दिवस मनाउन शुरु गरेको भएपनि हाल यो दिवस विश्वका विभिन्न देशमा मनाउन थालिएको हो । यो वर्षको संगीत दिवस असार ६ गते आइतबार परेको छ । दिवसको अवसरमा हँुदै आएको सम्मान कार्यक्रम भने यो वर्ष नहुने भएको छ ।

Post a Comment

 
Top