स्वर्ण (सुन), विन्दु (थोपा), प्राशन (खुवाउने) अर्थात सुन जस्तै मूल्यवान थोपा खुवाउने प्राचीनतम पद्धतिलाई स्वर्णविन्दु प्राशन संस्कार भनिन्छ । यस संस्कारको उल्लेख त्रेता युगमा महर्षि कश्यपद्वारा रचित काश्यप संहितामा बच्चाहरुको स्मृति, वृद्धि, एवं रोग प्रतिरोधात्मक बच्चाहरुको स्मृति, वुद्धि एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भएको पाइन्छ । काश्यप संहिता आयुर्वेद चिकित्सापद्धतिको महत्वपूर्ण ग्रन्थहो, जसमा बच्चाहरुको वृृद्धि–विकास–रोग र रोग निवारणका उपायहरुको वर्णन पाइन्छ । काश्यप संहिताको सूत्रस्थानमा लेहाध्यायमा निम्न श्लोक पाइन्छ ः “सुवर्णप्राशनही ऐतद्मेधाक्निबलवर्धनम् । आयुष्यं मंगलपुण्यकष्यवण्र्य ग्रहपहम् ।।मासात् परम्मेधावीव्याधिर्भिन च धृष्यते । षड्भिमासि ः श्रृतधर ः सुवर्णप्राशनात्भवेत् ।।” अर्थात् सुवर्ण प्राशनले बच्चाहरुमा मेघा अर्थात् बुद्धि, तर्क र ग्रहणशक्ति, अग्नि अर्थात् सशक्त पाचनप्रणाली, बल (शारीरिक तथामानसिक बल), आयुवर्धन (आयुलाई बढाउने) गर्दछ । साथै यो संस्कार मंगलकारी, पुण्य, कृष्य (व्यक्तित्व आकर्षण बनाउने), वण्र्य (छालाको वर्णलाई उत्तम बनाउने गुणयुक्त) हुन्छ । यसको प्रयोगले ग्रहजन्य बाधा पनि हट्ने हुन्छ । एक महिनासम्म स्वर्णप्राशन गराउँदा बच्चा मेधा, तर्क, स्मृति र ग्रहणशक्ति साथै रोग प्रतिरोधात्मक क्षमतायुक्त हुन्छ भने ६ महिनासम्म यसको प्रयोग गर्नाले बच्चा शारीरिक र मानसिक तबरले उच्च कोटीको हुन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ । जीवन देखि मृत्यु पर्यान्त अर्थात् गर्भाधानदेखि अन्त्यष्टिसम्मका १६ संस्कार मध्ये स्वर्ण प्राशनको उल्लेख जातकर्म संस्कारमा पर्दछ । आयुर्वेद शास्त्रको मूख्य उद्देश्य नै व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोगको निवारण हो । आयुमा आयुर्वेदमा पहिलो प्राथमिकता स्वास्थ्य सम्बद्र्धन यानिकी ज्भबतिज उचयmयतष्यल र मष्कभबकभ उचभलभलतष्यल अर्थात् रोग लाग्न नदिने अवस्था सृजना गर्नु हो । यसका लागि स्वस्थकर आहार–बिहार–विचार र पर्यावरण स्वस्थ हुन आवश्यक छ । नियमित योग, प्राणायम हितकारी भोजन र दिनचर्या गर्ने व्यक्तिलाई झट्टै व्याधिले छोप्न सक्दैन । यति हुँदाहुँदै पनि कहिँले काहीँ सक्रमण जन्यव्याधिले व्यक्तिलाई आक्रान्त गराउँछ जसलाई जित्नका लागि व्यक्तिसँग पर्याप्त रोग प्रतिरोधात्मक क्षमता हुन आवश्यक हुन्छ । आयुर्वेदमा शिशु अवस्थाबाट नै रोगप्रति रोधात्मक क्षमता अभिवृद्धिका लागि आविष्कार गरिएको यो संस्कारले हाम्रा पुर्खाहरु (ष्mmगलययिनथ) अर्थात् रोग प्रतिरोधात्मक क्षमता वृद्धिगर्ने विज्ञानका जानकार थिए भन्ने जनाउँछ । आजभोलि समय, पर्यावरण र परिवेश बदलिँदो छ । हाम्रो खानपिन, रहनसहन, हावापानी सबैमा अशुद्धता व्याप्त छ । नयाँ ँकिसिमका रोगहरु बढ्दै छन् । वैज्ञानिक अनुसन्धानको गति जति तीव्र छ, त्यति नै मानवलाई आक्रान्त पार्ने व्याधिको गति छ । विशेष गरी हाम्रा सन्ततियसको खतरामा छन् । बच्चाहरु मैदा र अशुद्ध खाद्यान्नको संस्कारमा हुर्किरहेका छन् । न उ चितपोषण छ न यथोचितशुद्धता । सानै उमेरबाट बच्चाहरु शारीरिक र मानसिक व्याधिहरुबाट ग्रसित बनिरहेका छन् । बच्चाहरुमा बारम्बार देखिने श्वास प्रश्वासको संक्रमणहोस्, दम, छालाको एलर्जी, पाचन बिकार साथै उमेर अनुसारको वृद्धिविकास नहुने, अटिजम, लेखपढ गर्न समस्या, सिक्न नसक्ने, एकाग्रतान हुने, हाइपर एक्टेभिटि, डिप्रेसन आदिशारीरिक तथा मानसिक रोगहरु बढ्दै गइरहेका छन् । यी सबैमाहितकर आहार(बिहार–आचार को कमि नै मुख्य कारण हुन् । किनकी यी विषयले नै रोग प्रति रोधात्मक क्षमताको वृद्धि या ह«ास गर्ने कुरा निर्धारण गराउँछ । स्वर्णविन्दु प्राशन एउटा त्यस्तो किसिमको संस्कार हो जसले बच्चाहरुलाई जीवनको सुरुवाती तबरमा नै सकारात्मक जीवन शैलीको सन्देश दिन्छ । उनीहरुलाई मानसिक रुपमा प्रशन्न, उर्जावान र तेजस्वी बनाउन मद्दत गर्दछ । स्वर्ण विन्दु प्राशन नौलो विषय होइन तर समय, कालखण्ड सँगै यो उच्चतम संस्कारलाई भुलिएको छ । जीवन र जगत आधुनिकताको होडमा छन् । जीवनलाई जीवन्त, परिष्कृत, सुदृढ र सबल बनाउने प्राचिन पद्धतिका विषयलाई हामी भुल्दै गइरहेका छौं । यसमा प्रयोग हने जडिबुटी तथा खनिज पदार्थ चिन्ने र प्रयोग गर्ने ज्ञान केही पुस्ता यता लोप भएको छ । तर प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यो संस्कारलाई ब्युताउन आवश्यक छ । यो पूर्वीय सभ्यतासँग जोडिएको ज्ञानभएकाले पश्चिमेली मुलुकमा यसको अध्ययन र सम्भावनाको छलफल भएको छैन । तर पनियसमा प्रयोग गरिने प्रत्येक द्रव्यजस्तै गुडुजी ९त्ष्लगचकउयचब ऋयचमषयष्बि० वचा ९ब्अयचगक ऋबबिmगक०,याष्टि, पिप्ली ९एष्वभचलष्नचगm० मण्डुकपर्णी ९ऋभलतभबिबकष्बतष्अब० आदि जडिबुटीको व्यापक अनुसन्धान भएको छ, जसमायी द्रव्य हमा व्याप्त ओजवद्र्धक ९ष्mmगलय(mयमगबितष्यलन० रोग प्रतिरोधात्मक क्षमता वृद्धि ९ष्mmगलभ(भलजबलअष्लन० पुष्टि भएको छ । भारतका केही प्रान्तहरुमा स्कुले विद्यार्थीमा सामूहिक स्वर्ण प्राशन क्याम्पेनहरु चलिरहेका छन् । भारतमा भएका केही अनुसन्धानले स्वर्ण प्राशनको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने, एकाग्रता बढाउने बच्चाहरुमा स्फूर्ति बढाउने तथ्य अघि सारेको छ । साथै यस संस्कारलाई ९क्ष्लमष्बल ब्ककयअष्बतष्यल या ब्गथचखभमष्अ एबभमष्बतचष्अक० ले सुरक्षित भनि मान्यता दिएको छ । यस कल्पलाई वौद्धिक तबरले तयार गरिन्छ । विशेष नक्षत्रमा वेदोक्त मन्त्रोच्चारण सहित जडिबुटी र खनिज द्रव्यको समिश्रण गरी यसलाई सेवन योग्य बनाइन्छ । बच्चाको उमेर र तौल का हिसाबले कति थोपा खुवाउने मापन गरिन्छ । प्राचिन कालमा विद्याको विषय वस्तु हाल अनुसन्धानको विषय बनिरहेका छन् । हामीले मानिआएका चाडपर्व र गरिएका संस्कारको महत्व आधुनिक सोधले पनि प्रष्टाइ रहेकाछन् । सुवर्ण प्राशन यस्तै एउटा विधा हो, जसलाई हामीले विर्सिएर कुनै आफ्ना सन्ततिलाई सुरक्षितबनाउने यो प्राचिन उपाय बाटवञ्चित त गराएका छैनौं ? एकपटक सबैले सोचौं । हाम्रो प्राचिन सभ्यतामाथि सम्मान र गौरव गर्दै यसकालागि अनुसन्धानको बाटो खुल्ला राख्नु हाम्रो कर्तव्य हो । स्वर्णप्राशन पद्धतिबाट आफ्ना सन्ततिलाई सुरक्षित हिसाबले स्वस्थ राख्न सकिन्छ साथै अध्ययन र अनुसन्धानबढ्दै गएमा यो संस्कार समग्र विश्वलाई नै नयाँ देन पनि हुन सक्छ । (लेखक कार्की नेपाल सरकार आयुर्वेद विभाग अन्तर्गत गण्डकी अञ्चल आयुर्वेद औषधालकी प्रमुख हुनुहुन्छ ।)
Home
»
Flash
»
महत्वपूर्ण समाचार
»
स्वास्थ्य-जीवनशैली
» स्वर्णविन्दु प्राशन संस्कार ः परिचय, महत्व र सान्दर्भिकता
Subscribe to:
Post Comments (Atom)
Post a Comment