गोल्डेन न्यूज संवाददाता
पर्वतमा एक शिक्षकले दलित तथा गैह्रदलितका कलिला छात्राहरुलाई चरम यौनजन्य क्रियाकलाप गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको तिलाहार गाविस–९ स्थित ज्ञानेन्द्र प्राविमा पढाउने शिक्षक बमबहादुर खत्रीले बालबालिकालाई चरम यौनजन्य क्रियाकलाप गरेको भन्दै अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय पर्वतमा सोमवार उजुरी दर्ता गराएका हुन् । निज शिक्षकले कलिला छात्राहरुलाई एक एक गरी लाईब्रेरीमा बोलाएर नमानेमा आफै तानेर कोठामा लगी चरम यौन दुव्र्यवाहार गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ । शिक्षक खत्रीले आफ्नो लिंङ्ग निकाली छात्राहरुलाई लिंग खेलाउन लगाउने, मुखमा राखि चुस्न लगाउने, लिङ्गलाई योनी र शरीरका बिभिन्न भागमा रगडी बीर्य स्खलन गराउने जस्ता यौन व्यवहार गर्ने गरेको समेत उजुरीपत्रमा उल्लेख गरिएको छ । निज शिक्षकले यौन क्रियाकलाप गरिसकेपछि उक्त क्रियाकलाप कक्षाको अभ्यास भएको र त्यो आफूले मात्र गर्न पाउने भन्दै यौन शोषण गर्दै आएका थिए । उक्त क्रियाकलाप अन्य सरहरुले गर्न नपाउने भन्दै उक्त कुरा अरु कसैलाई नभन्न भन्दै धम्काउने गरेको समेत अभिभावक हरु बाट खुल्नआएको छ । आफूले गरेको क्रियाकलाप बाहिर कसैलाई वा घरका अभिभावकलाई भनेमा प्रहरीले लैजाने भन्र्दै धम्की दिने गरेको समेत खुल्न आएको छ । खत्रीले दलित तथा गैह्र दलितका बालिकालाई लामो समय अगाडिदेखि पटक–पटक बाल यौनजन्य क्रियाकलाप गरेपछि तिनकाअभिभावकले थाहा पाएपछि उक्त घटनाको रहस्य खुलेको पीडित पक्षले जनाएको छ । शिक्षक खत्रीलाई यसअघि पनि छात्राहरु माथि त्यस्तै प्रकारका यौनजन्य क्रियाकलाप गरेको कारण ४ बर्ष अगाडि स्थानीय बासिन्दा र अभिभावकको रोवहरमा माफी मगाई आइन्दा त्यस्तो व्यवहार नगर्ने शर्तमा कागज गराएर छाडेको विद्यालयका प्रधानाध्यापक टेकवहादुर भुवाजीले बताए ।यता जिल्ला प्रहरी कार्यालय पर्वतले पीडित पक्षबाट उजुरी दर्ता भैसकेको र आरोपी शिक्षक बमबहादुर खत्रीलाई पहिल्यै पक्राउ गरी हिरासतमा राखेको जनाएको छ । कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार अभियुक्तलाई जिल्ला अदालत पर्वतवाट मंगलवार म्याद थपगरी थुनामा राखी घटनाको बारेमा अनुसन्धान भैरहेको छ ।
Post a Comment