0
तनहुँ जिल्लाको भानु गाविस.–९ मा रानागाउँ भाल्डाडाँ होमस्टेमा २ दिने साँस्कृतिक प्रशिक्षण तालिम  सम्पन्न भएको छ । उक्त तालिमको आयोजना स्थानीय नवप्रभात युवा क्लवको आयोजना तथा घाँसीकुवा युवा क्लबद्वारा तालिमको सहजीकरण गरिएको जानकारी नवप्रभात युवा क्लवका सचिव सुशिल रानामगरले बताए । प्रशिक्षणको मुख्य उद्देश्य ग्रामिण पर्यटनलाई प्रवद्धन गर्ने तथा  रानागाउँ भाल्डाडामा सञ्चालनमा रहेको “रानागाउँ भाल्डाडा होमस्टे” लाई व्यवस्थीत गर्नकोलागि उक्त कार्यक्रम आयोजना गरिएको जानकारी रानागाउँ भाल्डाडा हामस्टेका समिति अध्यक्ष पदमबहादुर रानाले बताए । होमस्टे कार्यक्रम विगत ३ महिनावाट तनहुँ जिल्लाको भानु गाविस९ तथा कास्की जिल्लाको पोखरा–२५ पुम्दीभुम्दीस्थित कालावा’ घरेडीमा “कालावा’ घरेडी होमस्टे” कार्यक्रम युरोपियन युनियन र स्वीस विकास नियोगको आर्थिक सहयोगमा युएनडिपिको नेतृत्व तथा आईओएम, आईटिसी–आईएलओ, युुएन ओमन, युएनएचसीआर, युएनएफपिए, युनिटारको साझेदारीमा जेएमडीआई अन्तर्गत सञ्चालन हुँदै आएको जानकारी उक्त कार्यक्रममा तनहुँ जिल्ला कार्यक्रम संयोजक घनश्याम लिम्बुले बताए । वर्तमान बड्दो विदेशिने युवाहरुलाई रोक्न तथा सहर उन्मुख वसाईसराईलाई रोक्नको लागि र गाउँमै युवाहरुलाई रोजगार सृजना गर्ने कार्यक्रमको उद्देश्य रहेको जानकारी जेएमडीआई होस्ट प्रोजेक्टका तनहुँ जिल्ला सूचना अधिकृत संगम रानामगरले बताए । प्रशिक्षण तालिममा मगर सँस्कृतिसंग सम्वन्धित कौडा, सोरठी, ह्रुरे तथा झ्याउरे नाँचको तालिम प्रदान गरिएको छ । तालिमका स्थानीय रानागाउँवासी बुद्धिजिवी, शिक्षक, राजनितीक, महिला तथा युवाहरु गरी जम्मा ४५ जनाको सहभागिता रहेको थियो । रानागाउँको प्राकृतिक सौन्दर्यता, मगर सस्कृति र आदिकवी भानुभक्तको जन्मस्थल लाई जोडेर आन्तरिक तथा बाह्य पर्यटकलाई मिश्रित रुपमा मौलिक संस्कृतिलाई जोड्ने हो भने पर्यटकीय दृष्टिकोणले प्रचुुर सम्भावना रहेको जानकारी स्थानीय बुद्धिजीवि प्रेम रानामगरले बताए ।

Post a Comment

 
Top