पश्चिमाञ्चल क्षेत्रका पाँच जना कृषकहरु राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । क्षेत्रीय कृषि निर्देशनालय पोखराले नगद २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो । सम्मानित हुनेमा स्याङजाका फणिन्द्र नारायण अर्याल, कास्कीका छ्याम बहादुर थापा, रुपन्देहीका रमेशचन्द्र मिश्र, पर्वतका टिकाराम जैसी र मनाङका पालदेन छोपाङ गुरुङ रहेका छन् । उनीहरुलाई कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई र क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले संयुक्त रुपमा नगद २५ हजार साथमा सम्मापत्र प्रदान गरेका थिए । सम्मानित कृषकहरुले व्यवसायि करुपमा १२ लाख देखि १ करोड ७३ लाख रुपैयाँसम्म वार्षिक रुपमा आम्दानी गर्ने गरेका छन् । सम्मानित कृषकहरुले सुन्तला, धान, गहुँ, मकै, हाँस, कुखुरा, बंगुर, मौरी, कागती, स्याउ लगायतको व्यवसायिक खेती गर्दछन् । कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई कृषि क्षेत्रमा सरकारले लगानी गर्न नसकिरहेका बेला निजीबाट ठूलो लगानी भएको बताए । उनले निजी स्तरमा व्यवसायीक कृषिबाट मुलुकलाई आर्थिक सम्बृद्धि तर्फ अगाडि बढाउन ठूलो योगदान रहेको बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment