लेखनाथ नगरपालिकाद्वारा आयोजित तीनदिने ब्यूटी पार्लर तालिम सम्पन्न भएको छ । नगरपालिका भित्रका ३० जना महिला सहभागी तालिममा ग्यालमर ब्यूटी एण्ड ट्रेनिङ सेन्टर तालचोक र टप नेचुरल क्यर एण्ड ट्रेनिङ सेन्टर लेखनाथको प्राविधिक सहयोगमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले नगरपालिकाले दिइएको तालिम पछि स्वरोजगार वा रोजगार बने मात्रै तालिम फलदायी हुने बताए । सामुदायिक शाखा प्रमुख मिना भट्टराई भण्डारीले कार्यक्रमले महिलाहरुलाई आर्थिक पाटोमा पनि सबल बनाउन आर्य आर्जन मुलक तालिम आवश्यक हुने बताए । कार्यक्रममा नेपाली काग्रेस नगर सभापति राजेन्द्रमणि लामिछाने, एमालेका लेखनाथ नगर अध्यक्ष मोहन गुरुङ, गण्डकी सञ्चारगृहका समाचार प्रमुख घनश्याम पाण्डेय लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रम टप नेचुरल क्यर एण्ड टेनिङ सेन्टरका इन्दिरा रोकाको अध्यक्षता र संचालन ग्यालमर ब्यूटी एण्ड टेनिङ सेन्टर तालचोकका जिना मगरले गरेकी थिइन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment