0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं.–८ सृजनाचोकमा रहेको गोल्डेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका सेयर सदस्यहरुका लागि आयोजित सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीका सेयर सदस्यहरुको क्षमता अभिबृद्धि तथा सहकारी शिक्षाका बारेमा सचेतना दिलाउने उद्देश्यले विगत वर्षदेखि गोल्डेन सहरकारीले सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । तालिममा सहकारी डिभिजन कार्यालय पोखराका प्रमुख बद्रीनाथ अधिकारीले सहकारी सम्बन्धी कानूनी व्यवस्था तथा वित्त व्यवस्थापनका बारेमा सहजीकरण गरेका थिए । यसै गरी व्रम्हाकुमारी विश्वविद्यालयका राजयोग प्रशिक्षक राजु खड्काले जीवन जीउने कला (आर्ट अफ लिभिङ)का बारेमा सहजीकरण गरेका थिए । ०६६ सालमा स्थापित गोल्डेन बचत तथा ऋण सहकारीमा विभिन्न पेशा व्यवसायमा संलग्न ६ सय जना सेयर सदस्य आवद्ध छन् । गोल्डेन बचत तथा ऋण सहरकारी संस्थाका अध्यक्ष गुडाखर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका व्यवस्थापक ऋषिराम पौडेलले सहकारीको वर्तमान आर्थिक अवस्थाका बारेमा जानकारी दिएका थिए भने शिक्षा समितिका सदस्य महेन्द्र रिमालले स्वागत तथा संयोजक राजेश घिमिरेले कार्यक्रम सञ्चालन गरेको शिक्षा समितिका सदस्य टंक खनालले जानकारी दिए ।

Post a Comment

 
Top