0
गताङ्कबाट क्रमशः
२८. बेसार एक आयुर्वेिर्दक औषधि ः एक सर्वज्ञात मसला न केवल खानमा स्वाद दिने हो बरु यो त एक आयुर्वे्दिक औषधि पनि हो। हाम्रा प्राथमिक उपचारमा  यस्को महत्वपूर्ण स्थान रहेकोछ।
यो निम्न तरिकाहरुबाट उपयोग गर्न सकिन्छ ः
–एक गिलास तातो मीठो दूधमा एक चम्चा बेसार मिसाएर पिउनाले शरीरको भित्रि चोटमा आराम हुन्छ।
–बेसार मिसाईएको तातो मीठो दूध बिहान बेलुका लगातार पाँच दिन पिउनाले मुख भित्रको निनाउ आराम हुन्छ।
–एक चिम्टी बेसार प्रतिदिन खानाले भोक बढाउँछ। यस्को सेवन गर्नाले आँतमा लाभ हुन्छ।
– बेसार छालाको परजीवी जीवाणुहरुलाई नष्ट गर्छ।
– बेसारको गाँठो पानीको साथमा पीसेर लेप तैयार गरौं र यस्को  लेप नुहाउनु भन्दा अघि लगाउं। एक हप्तामा तपाईंको त्वचामा सुन्दरता देखिन्छ।
– अलिकति बेसारमा पिसेको कपूर, अलिकति सर्सयूंको तेल मिसाएर लेप तैयार गर्नाले त्वचामा हुने रोगहरु समाप्त हुन्छ।
– दानेदार पिसेको बेसारलाई ताजा दुधको तरमा भिजाएर अनुहारमा र हातमा लगाउंँ। सुकेपछि रगडेर निकालिदिउं  मनतातो पानीले अनुहार पखाल्ने हेर्नुस चमक।
– चनाको बेसन मा सर्सयुंको तेल, बेसार र पानी मिसाएर गाढा लेप तैयार गर्ने। यस घोललाई अनुहार र पूरै शरीर मा राम्रोसित लगाएर सुकेपछि र निकाल्ने। त्वचा चमचम हुन्छ।
– मासिक धरमको समयमा पेट दुख्दा तातो पानीको साथमा बेसार ॐद्दँद्ये रक्त प्रवाह ठीक हुन्छ र दुखाईबाट राहत प्राप्त हुन्छ।
–स्याना बच्चाहरुलाई रुघा खोकी भएमा आधा कप पानीमा आधा  चम्चा बेसार, अलिकति गुँद, अजवाइन, एक ल्वाङ्ग मिसाएर उमाल्ने राम्ररी उमेलेपछि छानेर मनतातो भएपछि ख्वाईदिनाले बच्चाको रुघा खोकीबाट राहत पाउंछ, बरु पेटमा यदि कब्ज छ भनेपनि ठीक हुन्छ। 
– मेथी दाना र बेसारको काँढा पनि मासिक सफा हुनलाई लिन सकिन्छ।
–सूजनमा बेसार र चूनाको लेप गर्नाले सूजन ठीक हुन्छ।
– बुढापाकाहरुको भनाई छ कि बेसार बिनाको खाना अलच्छिन हुन्छ। वास्तवमा यस्तो यसको औषधि गुणहरुको कारण भनिन्छ। शाक्य समुदायमा मृत्यु भएको घरमा सन्तानले ७ दिन बेसार बार्ने चलन छ। बेसार नभएको खाना खानाले दुःख परेको जनाउँछ।
–बेसार प्रिजरवेटिवको पनि काम गर्छ, त्यसैले पनिए अचारमा के मसलाको अभिन्न अंग हो।
–नवजात शिशुलाई दिईने ‘घसारा’ अर्थात ‘घुट्टी’ मा आंबा बेसार पनि उस्को आयुर्वेिर्दक गुणहरुको कारणले दिईन्छ।
–भनिन्छ कि एक चम्मच बेसार प्रतिदिन सेवन गर्नाले भोक बढाउंछ। अमाशय एवं आँतको सफाई हुन्छ।
–काटिने या रक्तस्राव रोक्नको लागि पनि शुद्ध बेसार धुलो चोटमा लगाईन्छ, जस्ले गर्दा रक्तस्राव तुरंत रोकिन्छ।
–बेसार एक राम्रो एन्टिसेप्टिक एवम् एन्टिबायोटिक हो, जसको उल्लेख आयुर्वेदमा पनि गरिएकोछ।
यस प्रकार हाम्रो घरको भान्छामा बुसेको चिकित्सक बेसार कैयौं स्वास्थ्य समस्याहरुको प्राथमिक चिकित्सामा हामीलाई सघाउंँछ। बेसार जहिलेपनि शुद्ध हुनुपर्छ, आजभोली नक्कली बेसार पनि पाईन्छ पटक्कै पंहेलो नहुने घरमै तयार गर्न पाए अझ बेस हुन्छ।, जबकि बेसार स्वयं एक प्राकृतिक रंग हो, जो हाम्रो भोजनलाई रङ्ग दिन्छ, स्वाद सुगन्ध प्रदान गर्छ, जस्को प्रभावले भोजनको परिकार देख्दै लोभलाग्दो हुन्छ त्यसैले आयुर्वेदमा बेसार एक महत्वपूर्ण तत्व मानिन्छ ।
१.कपाल–टाउको दुखेमा
–गुलाव जल र कपुरसित चन्दनको तेलको लेप गर्नाले टाउको दुख्ने र कपाल रोगहरु निको हुन्छ।
–अपराजिताको जरोको रस दिए आधा कपाल दुख्ने निको हुन्छ।
–प्रातः सूर्योदय भन्दा पिहिले एक साता सम्म गाईको दहि र भात खाने गरे आधा कपाल दुख्ने निको हुन्छ।
–गाईको दुधमा सुटो घोलेर दुखेको स्थानमा लेप भैंm लगाई दिए एक छिन मै आराम हुन्छ।
–२५ ग्राम जति नासपातीको रसमा मह वा मिश्री मिलाएर खानाले कपाल दुखेको आराम हुन्छ।
–एक ग्राम सिंधेनुनको धुलो जिभ्रोमा राखेर पानीले निल्नु र नुनको मसिनो धुलो नस लिए पनि आराम हुन्छ।
–चारवटा ल्वाङ पानीमा पकाएर त्यो पानी पिए कपाल दुखेको निको हुन्छ।
–छायामा सुकाएको तुलसीको फुलको धुलो पारेर ५ ग्रामको मात्रा गरी महसित खाएमा आधा कपाल दुखेको निको हुन्छ।
–वातजन्य कपाल दुखाईमा बकाइनोको पात र फुलको तातो लेप गरेमा फाइदा हुन्छ।
–तालुमा घिउकुमारीको गुदी राखेमा कपाल दुखेकोमा आराम हुन्छ। गर्मी प्रकृतिको व्यक्तीले सेवन गर्नु हँुदैन।
–मस्तकमा केसरको लेप गरे शिरः शुल हराउछ।
–मरिचको नसलिए छिक आउँछ, अनि शिरशुल निको हुन्छ।
–अमलाको चुर्ण गुलाव जलमा मिसाएर लेप गरे कपाल दुखेकोमा आराम हुन्छ।
–कपाल दुखेमा अगस्तिको पात र फुलको रस सुँध्नाले रुधा लागेको र कपाल दुखेको आराम हुन्छ।
–रुधा लागेर कपाल दुखेको भए अकरकरालाई पिसेर राखेमा शीघ्र आराम हुन्छ।
–पिपला मुलको चुर्ण २ ग्राम जति आधा आधा धण्टामा ३ पल्ट चिसो पानी सित खान दिएमा आधा कपाल दुखेको वा शिरः शुल स्वतः हराएर जान्छ।
–अपामार्गको वीज (विऊ) धुलो पारेर नाकमा नस लिनाले कपाल दुख्ने पुरानो रोग, आधा कपाल दुख्ने, मस्तिष्कमा जडता आएको र मस्तिष्कमा कफ अडिएर हुने पिडा शान्त हुन्छ।
२.कर्णशुल (कान दुखेमा)
–भृङ्गराजको रस दुई थोपा कानमा हाल्नाले कानको पिडा शान्त हुन्छ।
–अदुवाको रस र मह अलिकति नुन तताएर कानमा हाले दुख्ने आराम हुन्छ। नोटः पाकेर बग्ने कानमा हाल्नु हुदैन।
–कानवाट पिपबगेमा कागतीको रसमा सज्जीक्षार मिसाएर कानमा दुई चार थोपा चुहाएमा निकै फाइदा हुन्छ।
–आँकको दूधसित प्रयोग गरे कर्ण वेदना र कृमी दुवैमा लाभदायक हुन्छ।
–अफिमलाई पोलेर चामलको चार दाना जति भष्म गुलरोगनमा मिसाएर कानमा हाल्यो भने दुख्न हराउँछ।
–मनतातो पारेको मह दुई थोपा कानमा हालिदिए दुखेको निको हु््न्छ र कानमा खटिरा भएपनि निको हुन्छ।
३.सर्प विच्छी बिषमा
–काँचो मेवाको दूध टोकेको घाउमा लगाए बिष शान्त हुन्छ, वढ्न पाउदैन। मेवा वीज पिसेर टोकेको स्थानमा लगाए पनि आराम हुन्छ।
–कोइरालो विजको लेदोमा कागतीको रस हालेर टोकेको स्थानमा लगाई दिए विच्छी र सर्पको विष उतार्दछ।
–तीन तोला कमलको जरा र २ तोला फुल मिश्रीसित पिंधेर शर्वत बनाएर विरामीलाई दिए फाइदा गर्दछ। होश हराइ सकेको भएपनि यसले चेतना ल्याउछ।
–६ ग्राम अपामार्ग (दतिवन) को चुर्ण मह सित चोट विष लाग्दैन, पात पिधेंर टोकेको घाउमा लगाउनु पर्छ।
–विच्छीले टोकेमा खुर्सानीलाई मसिनो गरी पिसेर त्यसमा मह मिसाएर टोकेको स्थानमा लगाएर विष ओर्लिन्छ।
–खुर्सानीलाई सुर्मा जस्तै गरेर लगाउने, विषको प्रभाव भए सम्म खुर्सानीले आँखा पोल्दैन। विष गइसकेपछि आँखा पोल्छ।
–विच्छीको विषमा आँकको जरा पिंधेर टोकेको स्थानमा लगाउने वा आँकको दुध लगाए पनि हुन्छ।
–विच्छी–छेपारो–माकुरा–अरिङ्गलको विषमा करेलाको जरा नुन–पानीमा घोटेर लगाए विष नष्ट हुन्छ।
–सर्पको विषमा रोगीलाई करेलाको रस जति पिउन सक्छ दिनुपर्छ। त्यसपछि वमन हुन्छ, र फेरी दिनुपर्छ। यसै गरी वमन नरोकिए सम्म पिउन दिने, सर्पको विष नष्ट हुन्छ। टोकेको घाऊमा पनि करेलाको रस नै अलि वाक्लो पारेर लगाउनु पर्छ।
–विच्छीको विषमा लसुन र अमचुर संग मिलाएर खान दिएमा विषको प्रभाव नष्ट हुन्छ।
–विच्छीले टोकेमा तुलसीको पात चपाउने र त्यसवाट निस्केको रसमा नुन मिसाए टोकेको ठाउँमा लगाएमा विष नष्ट भई आराम हुन्छ।
–विच्छीको विषमा तुलसीको पात भन्दा चार गुणा बढी पानीमा पिंधेर १०–१० मिनेटमा पिउनाले र टोकेको ठाउँमा लगाउने विषमा लाभ गर्दछ।
–विच्छीले टोकेमा पुनर्नवाको लेप लगाए शान्त हुन्छ।
–विच्छीले टोकको स्थानमा आर्कको दुध लगाउने दाह र वेदना शान्त हुन्छ।
–सर्पको विषमा नासपातीको पात कुटेर रस निकाली २ ग्राम नुन मिलाएर पिए सर्पको विष लाग्दैन।
–सर्प र विच्छीको विषमा २५० ग्राम गाईको दूधमा १० ग्राम चिनी वा मिश्री मिलाएर खान दिए आराम हुन्छ।
–सर्प–विच्छी–माकुरो–बारुलो–मौरीको विषमा सिमलीको पात, बोक्रा र जरा पिसेर लेप लगाउने र यसको पात कुटेर निकालिएको ताजा काढा तीन–चार तोला सम्म पिउन दिए पनि लाभ हुन्छ।
–सर्प विषमा नागकेशरको पात र फूल पिसेर टोकेको स्थानमा लगाई दिए विष बढ्दैन। केही समय पछि रोगीलाई निद्रा लाग्दछ,त्यसपछि ठीक हुन्छ।
–सर्पको बिषमा २–४ ग्राम चरिअमिलो पिसेर शर्वत वनाई पिउन दिएमा लाभ गर्दछ। यसको बाक्लो लेदो बनाएर टोकेको स्थानमा लगाईदिए विषको प्रभाव बढ्दैन।
–सर्प–विच्छीको विषमा रसाञ्जन (चुत्रो) को लेप लगाएमा आराम मिल्दछ।
–सर्पले टोकेमा आठ–दश दाना (५०–१०० मिली लिटर) कागतीको रसमा मिश्री मिलाई पिउन दिएमा आराम मिल्दछ। कागतीको विज पिसेर पानी संग पिए पनि लाभ हुन्छ।
–विच्छीको विषमा नुन र आधा कागती टोकेको स्थानमा राम्रो सित दलिदिएमा एकैछिनमा बिष नष्ट हुन्छ। फेरी कागतीको विऊ १०–१२ दाना र नुन पिसेर सर्वत जस्तै पिउने।
–विच्छीको विषमा निमको ब्रोक्रा वा पात चिलिममा हालेर तमाखु पिए भैm पिए विच्छीको विष शान्त हुन्छ।
–विच्छीले टोकेको स्थानमा मह लगाएमा विष बढ्दैन।
–विच्छीले टोकेमा पुदिनाको रस पाँच ग्राम र अदुवाको रस पाँच ग्राम, विरेनुन वा सिंधेनुन मिलाएर खान दिने।
–सर्पको विषमा रातीगेडिको जरा घोटेर सर्पले टोकेको स्थानमा लगाए तथा यसको पातले वमन गराउन सके निको हुन्छ।
–५०० मिलि लिटर गाईको दूधमा काँचो सात–आठ केस्रा लसुन मिलाएर खान दिने।
४.पाइल्स–अलकाई–बबासीर–अर्श
–करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे निको हुन्छ ।
–निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाई आधा तोलाको दरले खाने गरे खटिरा सुकेर जान्छ।
–प्याजको रस महमा मिसाएर खाने गरे खुनी बबासीर निको हुन्छ।
–पाँच मासा तुलसीको गेडामो धुलो पानी सित पिउनाले पाइल्स निको हुन्छ।
–बेसारको चुर्ण दूधमा मिसाएर लेप गर्नाले पुर्ण आराम हुन्छ।
–बवासीरको रोगीलाई कब्जीयत भएमा सुठो वा त्रिफला चुर्ण २ हप्तासम्म मनतातो पानीसंग खाने गरेमा फाइदा गर्दछ।
–भाँगको पातको लेप गर्नाले अर्श–पिडा शान्त हुन्छ।
–खुनी बवासीरमा तलाउको नजिकैको हरियो दुवो माटो भाडामा अलिकति पानी हालेर बसाल्ने त्यसपछि वाफ आउन थालेपछि त्यही वाफले सेकेपछि पिडा शान्त हुन्छ।
–चार तोला कालो तिल शितल जलसित खाने गरेमा वबासीर–पाइल्स निको हुन्छ। भुटेको तिल पिसेर अचार जस्तै केही दिन सम्म निरन्तर सेवन गरेमा लाभ हुन्छ।
–सुरण, ओल, जिमीकन्दको स–साना टुक्रा वनाई छायामा सुकाएर चुर्ण वनाएर १० मासाको मात्रा विहानै सेवन गरे खुनी–वादी ववासीर निको हुन्छ।
–आँकको पातमा पाँच थरी नुन लगाई त्यसैमाथी तेल वा अमिलो लगाउने। त्यसपछि ती पात पोलेर त्यसको खरानी एक–एक माषा नियमीत सेवन गरेमा वादी ववासीर निको हुन्छ।
स्वप्नदोष
–ओखरको फलको खरानी बनाएर त्यसमा बराबर मात्रामा खांड मिलाएर १० ग्रामको मात्रामा पानी संग बिहान–साझ एक चम्चाको मात्रामा बिहान–साँझ नियमीत सेवन गरेमा केहि दिनमै लाभ गर्दछ।
–बबुलको पञ्चाङ्गलाई लिएर आधा भाग मिश्री मिलाएर एक चम्चाको मात्रामा विहान–साझ नियमीत सेवन गरेमा लाभ हुन्छ।
–तुलसीको पात र तुलसीकको बिउ दुवै मिलाएर चपाएर खाने, चिसो पानीले नुहाउने, मन शान्त पार्ने, फलफुलमा काँक्रो, रसिला फलहरुको सेवन गर्ने, अमलाको दानालाई मुखमा च्यापेर चसिरहनाले वा प्रत्येक दिन चिसो पानीमा नुहाउने, व्यायाम गर्ने,शुद्ध शिलाजिलत रत्रिफलाचूर्णको बरबर भाग मिलाएर आधा–आधा चम्चाका रले दैनिक चिसो पानीमा राखेर खानले स्वप्न दोष निको हुन्छ।
–बरावर भाग त्रिफला–बोझे चुर्यालाई गँुड र चाकुमा मिलाएर सानो सानो गाली बनई विाहान वेलुका एक एक गोली चिसो पानीमा राखेर खानाले स्वप्न दोष हुनबाट वच्न सकिन्छ।
–वन तुलसीको बीउलाई पिसेर बिहान–बेलुका एक–एक चम्चा चिसो पानीसँग खाने, फाल्तु पुस्तक नपढ्ने, फाल्तु कुराहरु मनमा नलिने, राती सुत्ने बेलामा हात खुट्टा धोएर मनलाई शान्त पारेर सुत्नाले स्वप्नदोष हुँदैन।
–तातो दुधमा बेसार मिलाएर पिउनाले वा २ कोसा पाकेको केराको साथ २–३ चम्चा मह सेवन गर्नाले वा सुत्ने बेलामा ४ ग्राम वा मह सेवन गर्नाले वा सुत्ने बेलामा ४ ग्राम कपुरलाई मिश्री वा महमा मिलाएर केहि दिन सम्म सेवन गर्नाले स्वप्नदोष पुर्णरुपमा निको हुन्छ।
कम्मर, हाड, जोर्नी दुखेमा
–एक भाग तोरीको तेलमा चार भाग स्पिरिट मिसाएर दुखेको ठाउँमा बिस्तारै मालिस गर्नाले दुखाई कम गर्छ।
–दिनको दुई पटक एक–एक वटा तीते करेलाको रस खानाले दुखाइ कम हुन्छ।
बौलाहा कुकुरले टोकेमा
–बौलाह कुकुरले टोकेको मानिसलाई दौडाएर पसिना निकाल्ने त्यसपछि टोकेको ठाउँमा प्याज पिसेर त्यसमा थोरै मह मिलाएर लगाउनाले वा लसुन प्याज र नुन मात्रै पिसर घाउमा लगाउनाले आराम मिल्दछ।
उच्च रक्तचाप
–खरबुजा, तितेकरेलाको जुस बनाएर नियमित बिहान खाली पेटमा खाने वा लसुनको ३–४ केस्रालाई दुधमा उमाली राती सूत्ने बेलामा पिउने वा काँचो लसुनलाई गोलभेंडासँग मिलाइ खानाले वा एक चम्चा कागती रसलाई पानीमा राखे पिउनाले उच्च रक्तचापका बिरामीलाई राम्रो फाइदा गर्छ।
–सर्पगन्धा, अमला, अर्जुन वृक्षको बोक्रा, पुनर्नवा, अश्वगन्धाको बराबर भाग मिलाई धुलो बनाउने र बिहान–बेलुका दिनको दुई पटक १–१ चम्चा महको साथमा नियमित सेवन गर्ने वा १० ग्राम छोकडा, १० ग्राम सुकमेल, १० ग्राम हिङ र बीज निकालेको मुनक्कालाई मिलाई कुटपिस गर्ने र धुलो बनाई बन्द सिसीमा राख्ने र पाँच दिनसम्म २–२ ग्राम सेवन गर्ने।
–सर्पगन्धा र सिलाजितको बराबर भाग मिलाइ सा–सानो गोली बनाई दिनको ३ पटक १–१ गोलीका दरले पानी वा दुधसँग सेवन गर्ने वा २०० ग्राम प्याजको रसमा १०० मिश्री मिलाई बन्द सिसीमा राखेर १० ग्रामका दरले नियमित पिउनाले उच्च रक्तचाप निको हुन्छ।
–सिस्नुको पातलाई धुलो पारेर १–१ चम्चा दिनको ३ पटक लामो समयसम्म सेवन गर्नाले वा बोटमै पाकेको मेवालाई राम्रोसँग ताछी पखाली बिहान खाली पेटमा १ महिनासम्म खानाले उच्च रक्तचाप ठीक हुन्छ।

Post a Comment

 
Top