गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को आयोजनामा उपशाखा कार्यालयको भवन वरपर कामना टोल रामपथ क्षेत्रमा वातावरण दिवसको अवसरमा कपुर र निमको विरुवालाई गोडमेल तथा विरुवा रोपन कार्य एक समारोहका बीच सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री कृष्ण प्रसाद तिमिल्सिनाले निमको विरुवा रोपी कार्यक्रमको उद्घाटन गर्दै मानवीय सेवामा लागिपरी आपत विपतमा सहयोग गर्न स्थापित रेडक्रस उपशाखा १०, ११ ले मानव जीवनमा अति आवश्यक वातावरण संरक्षण गरी वातावरण बचाउने कार्यका साथ हाल देशमा गएको भुकम्पमा परी घरबार विहीन भई विपत्मा परेकाहरुको सहयोग गर्दै आइरहेको कार्यलाई अन्य
उपशाखाले पनि अनुशरण गर्नुपर्ने बताए । विश्व वातावरण दिवसको अवसरमा २०६८ साल जेष्ठ २१ गते रोपिएका निम, कपुरका विरुवालाई हरेक वर्षको वातावरण दिवसमा गोडमेल गरी संरक्षण गर्दै आइरहेको उपशाखा १०, ११ का उपसभापति गंगा कुँवरले बताए ।कार्यक्रममा नेरेसो उपशाखा १०, ११ का महिला उपसमितिका अध्यक्ष नानीमाया गौतम, सदस्य धनमाया गुरुङ्ग, यमकुमारी ढकाल, हरिमाया भुजेल, उपशाखा १०, ११ का कोषाध्यक्ष सीता तिमिल्सिना, जीवन श्रेष्ठ, कलावती शर्मा, चेत बहादुर गुरुङ्ग, सुकमाया गुरुङ्ग समेतले गोडमेल कार्यमा सहभागी रहेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा उपशाखा १०, ११ को पहलमा हुर्केका विरुवाहरु चौतारा बनाउन आवश्यक रहेकोले सम्बन्धित निकायसँग पहल गर्ने बताए । कार्यक्रमको संचालन सचिव सूर्य बहादुुर बानियाले गरेका थिए ।
Post a Comment