गोल्डेन न्यूज संवाददाता
नेपाल मगर संघ कास्कीको नवनिर्वाचित पदाधिकारीहरुलाई मेनोको फिल्मस् प्रा.लि र रैयाँ मगर महिला सञ्चारकर्मी समूहले संयुक्त रुपमा बधाई तथा शुभकामना दिएको छ । पदाधिकारीहरुलाई मेनोको फिल्मस् प्रालिका अध्यक्ष तथा रैयाँ मगर चलचित्रका निर्माता तारामाया थापा मगरले खादा र फूलको बुकेले बधाई तथा शुभकामना दिएका हन् । कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका नवनिर्वाचित अध्यक्ष पूर्णबहादुर राना मगरले नयाँ कार्यसमितिले अब संस्थालाई सामाजिक र रचनात्मक कार्यक्रममा अग्रसर गर्दै लैजाने बताए । रानाले मगर संघले मगर सञ्चारकर्मीहरुसँग पनि सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । मगर सञ्चारकर्मीहरु एकजुट भएर उदाईरहेको अवस्थामा मगर सञ्चारकर्मीको विभिन्न संस्था गठन हुनुमा खुसी लागेको बताए । त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रुद्र श्रीस मगरले मगर संघको नयाँ नेतृत्वले अब सम्पूर्ण मगर समुदायलाई एकजुट बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल मगर संघ कास्कीका नवनिर्वाचित उपाध्यक्ष मेजर प्रेमबहादुर थापा मगर र सहसचिव संगीता पुन मगरले संघका नवनिर्वाचित पदाधिकारीहरुको लागि मेनोको फिल्मस् प्रा.लि र रैयाँ मगर महिला सञ्चारकर्मी समुहले यसरी बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाल मगर संघका पदाधिकारीहरु, मगर आमसञ्चारकर्मी समाज कास्कीका संयोजक तथा रैयाँको शिर्ष गीतका रचनाकार रुद्र हितान मगर, नेपाल मगर चलचित्रकर्मी संघ केन्द्रिय समितिका महासचिव तथा रैयाँका निर्देशक मेजन पुन मगर, रैयाँका निर्माता तथा सञ्चारकर्मी हर्क आले मगर, नायक अशोक आलेमगर, कलाकार झपेन्द्र पाईजा पुन, रैयाँ मगर महिला सञ्चारकर्मी समुहका उपसंयोजक रविना आलेमगर, सदस्यहरु दुर्गा रानामगर, सुमन थापामगर, पत्रकारहरु गीता रानामगर र जय पुन मगरको सहभागिता रहेको थियो ।
Post a Comment