0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी कसमस कप अन्तरविद्यालय ह्याण्डवल प्रतियोगिताको सोमबार हुने छात्रा तर्फ लिटिल स्टेप उच्च मावि र माउन्ट अन्नपूर्ण उच्च मावि तथा छात्र तर्फ लिटिल स्टेप उच्च मावि र सैनिक आवासीय महाविद्यालय कसमस कपको उपाधिका लागि भिड्ने भएका छन । छात्रातर्फ फाइनलमा प्रवेश गर्ने क्रममा लिटिल स्टेपले सृजना उच्च माविलाई ५–१ को गोल अन्तरमा तथा माउन्ट अन्नपूर्णले मनकामना लाई ८–२ को गोल अन्तरले पाखा लगाए । छात्र तर्फ भएको सेमीफाइनल खेलमा लिटिल स्टेप उच्च मावि ले चिर प्रतिद्वन्दी माउन्ट अन्नपूर्णलाई लाई १८–१५ ले र सैनिकले कास्की मोर्डनाइज्ड लाई १४–११ को गोल अन्तरले पराजित गर्यो । सोमवार नै हुने तेश्रो स्थानका लागि छात्रा तर्फ मनकामना र सृजना उच्च मावि र छात्र तर्फ माउन्ट अन्नपुर्ण र कास्की मोर्डनाइज्ड भिडने छन । आइतवार सम्पन्न छात्रा तर्फको क्वाटर फाइनल खेलहरुमा सृजनाले आदर्शलाई २–१ ले मनकामना ले पोखरा एकेडेमीलाई ५–३ ले, लिटिल स्टेपले ज्ञानज्योतीलाई ४–२ ले, माउन्ट अन्नपूर्णले गण्डकी वोर्डिङ्गलाई ८–२ को गोल अन्तरले पराजित गरेका थिए ।त्यसैगरि छात्र तर्फको खेलमा शैनिकले युनिभर्सलाई २१–७ ले, माउन्ट अन्नपूर्णले सोसल पव्लिकलाई २४–१४ ले, लिटिल स्टेपले ज्ञानज्योतीलाई २०–९ ले र कास्की मोर्डनाइज्ड ले जनप्रियलाई १४–८ गोल अन्तरले हराएका थिए । फाइनल खेल सोमवार पोखरा रंगशालामा सम्पन्न हुने प्रतियोगिताका संयोजक मिन गुरुङ्गले बताए । प्रतियोगितामा विजयीहुने टिमले नगद १० हजार पुरुस्कार सहित कसमस ट्रफी प्राप्त गर्ने छन । जेठ १८ गते सुरु भएको प्रतियोगितामा १८ विद्यालयका छात्रातर्फ १९ र छात्र तर्फ १८ गरि ३७ टिमको सहभागिता रहेको छ । प्रतियोगिता कास्की जिल्ला ह्याण्डवल संघको आयोजना कसमस इन्टरनेशनल कलेजको प्रायोजन तथा जिल्ला खेलकूद विकास समितिको तत्वाधान र विद्यालय ह्याण्डवल संघ कास्कीको सहयोगमा भएको हो । प्रतियोगिता आयोजना गर्न कसमस इन्टरनेशनल कलेजले कास्की जिल्ला ह्याण्डवलसंग तीन वर्षका लागि सम्झौता गरेको छ ।

Post a Comment

 
Top