0
गोल्डेन न्यूज संवाददाता
पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–२६, चिसाखोला आश्रम कास्कीको पुस्तकालयका लागि विभिन्न पुस्तकहरु लायन्स क्लब अफ पोखरा गार्डेन सिटीले बुधबार विद्याश्रममा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण ग¥यो । क्लबले विद्याश्रममा आयोजना गरेको कार्यक्रममा लायन डिष्ट्रिक्ट भर्नर ध्रुवबहादुर थापाले विद्याश्रमका संस्थापक अध्यक्ष तथा मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनालाई लाइब्रेरी पुस्तक हस्ताण्तरण गर्दै अब विद्यालयमा सहयोगका कार्यक्रम ल्याउने लायन्सको योजना रहेको भन्दै लायन्स क्लबहरुलाई नै सहयोग गर्न लगाउने बताए । उनले विद्याश्रम सञ्चालन, भौतिक तथा शैक्षिक गतिविधिमा सम्लग्न भएर राष्ट्रको शैक्षिक नीतिमा सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै पूर्व मल्टिपल काउन्सिल चेयर पर्सन प्रेम बहादुर श्रेष्ठले विद्याश्रममा पुस्तकालयका साथै अन्य सहयोग गर्न पनि आफू र संस्थाको तर्फबाट पनि  लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रममा बोल्दै जोन चेयरपर्सन सुदिपराज ढुङ्गानाले विद्याश्रमका आवसीय विद्यार्थीहरु लाई भोजन गराउन सहयोग होस भन्ने हेतुले आफ्ना परिवारको जन्म दिनमा विद्याश्रममा भोजन गराउने वचन व्यक्त गरे । विद्याश्रमका मानार्थ प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष मोक्षनाथ तिमिल्सिनाले विद्याश्रमको शैक्षिक, भौतिक एवं विद्याश्रम सञ्चालनको गतिविधि प्रकाश पार्दै अनुसन्धान तहको पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि अनुरोध गरे । विद्याश्रममा ३२ जिल्लाका विद्यार्थीहरु आवासीय रहेकाले उनीहरुको पठनपाठन तथा आवासीय सुविधा दिन खाद्य सामाग्री तथा जिन्सि सामाग्री सहयोग गर्न पितृ तिथिका दिन पितृ उद्धारका लागि र जन्म दिनका दिनमा शुभकामना एवं आशिर्वाद पाउन आवासीय वैदिक ब्राह्मण विद्यार्थी भोजन गराउन र आफ्ना नामबाट अक्षयकोष स्थापना गर्न आग्रह गरे । सभापतिको आसनबाट बोल्दै लायन्स क्लब अफ पोखरा गार्डेन सिटीका अध्यक्ष भेषराज पोख्रेलले लायन्स क्लबको नीतिअनुसार विद्याश्रममा पुस्तक हस्तान्तरण गरेको भन्दै आगामी दिनमा पनि पुस्तकहरुको अभाव हुन नदिने र विभिन्न सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे । विद्याश्रमका विद्यार्थी सागर रेग्मीले संस्कृत भाषामा स्वागत गीत प्रस्तुत गरे । कार्यक्रममा लायन्स क्लब अफ पोखरा गार्डेन सिटीका इलेक्टिभ प्रेसिडेन्ट टोल प्रसाद अर्याल, क्लबका द्वितीय उपाध्यक्ष पुरुषोत्तमराज भण्डारी, सचिव तथा कार्यक्रम सञ्चालक सन्तोष घिमिरे लगायतले क्लबको उद्देश्यको बारेमा बोल्दै आगामी दिनमा सहयोगका कार्यक्रम ल्याउने वचनबद्धता दिए । दाता क्लबका पदाधिकारीहरुलाई विद्याश्रमका संरक्षक वेदगुरु अग्निहोत्रृ पं. केदारनाथ उपाध्यायले टिका, आशिर्वाद, कार्यसमिति अध्यक्ष भगवती अधिकारी, व्यवस्थापन समितिका अध्यक्ष मणिरत्न अधिकारी, विद्याश्रमका संस्थापक सदस्य सूर्यनाथ अधिकारी, विद्याश्रमका संस्थापक अध्यक्ष तथा मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिना लगायतका पदाधिकारी ले सम्मान गरे भने क्लबको तर्फबाट थप नगद रु. ४ हजार दान दिए ।

Post a Comment

 
Top