गोल्डेन न्यूज संवाददाता
मोर्डन इरा टुर्स एण्ड ट्राभल्र्सका अध्यक्ष केशवराज अधिकारी मित्रराष्ट्र भारतमा गरिमा अवार्डबाट सम्मानित भएका छन । यातयात क्षेत्रबाट नेपाल र भारतको सम्वन्ध सुमधुर पार्दै पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुयाएको भन्दै नेपाल पत्रकार महासंघ शाखा भारतले समितिका अध्यक्ष अधिकारीलाई एक समारोहका बीच हालै भारतको नयाँदिल्लीमा उक्त अवार्ड सहित सम्मान गरिएको हो । भारत स्थित नेपाली राजदूत दीपकुमार उपाध्याय, भारतका पूर्वसभासद डिवी त्रिपाठी, महासंघ शाखा भारतका अध्यक्ष लोकेस साहले समितिका अध्यक्ष अधिकारीलाई सम्मान पत्रको साथमा यसबर्षको गरिमा अवार्डबाट सम्मान गरेका हुन । मोडन ईराले विगत ८ बर्ष देखि पोखरादेखि भारतको नयाँदिल्ली सम्मको सिधा वस सेवा संचालन गर्दैै आएको छ । ३ वटा वसबाट सेवा सुरु गरेको मोडन इराले हाल १८ वटा गाडीहरुबाट सेवा दिंदै आएको छ । आईतबार, सोमबार र बुधबार दैनिक दुई वटा बस अन्य दिनमा भने दैनिक एउटा वस पोखरा दिल्लीको लागि जाने तथा दिल्लीबाट पोखरा आउने गरेको मोडन इरा टुर्स एण्ड ट्राभल्सका कार्यालय प्रमुख टिकाराम भण्डारीले बताए । उक्त अवसरमा चरित्र अभिनेता निर साह, एभरेष्ट बैंकका विकेस श्रेष्ठ, भारतका पूर्व सभासद डिवी त्रिपाठीलाई गरिमा अवार्डको साथमा सम्मान गरिएको थियो । नेपाल र भारतलाई उल्लेखनीय रुपमा सहयोग पुयाउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको महासंघ शाखा भारतका अध्यक्ष लोकेश साहले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दु समेत सहभागी भएकी थिईन ।
Post a Comment