0
गोल्डेन न्यूज संवाददाता
सभासद कुमार खड्काको सहयोगमा बाटुलेचौर र अर्मलाका दलित तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । विन्ध्यवासिनी उच्च मा.वि र एकल महिला समूहको सिफारिसमा दलित, जेहेन्दार र एकल महिलाका सन्तती गरि १५ जनालाइ सभासद खड्काले शैक्षिक सामाग्री सहित नगद दुई हजार रुपैँया छात्रवृत्ति हस्तान्तरण गरे । हिमालय क्लबको व्यवस्थापनमा भएको कार्यक्रममा निश्चल परियार, मिलन वि.क, कृतिमा परियार, जानुका सुनार, दिपक अधिकारी, सरोज सापकोटा, सुनिल देवकोटा, समिर छन्त्याल, प्रशान्त भट्टराई, अमिन राना, मातृका जैसी, अस्मिता सुनार, विमल श्रेष्ठ, कल्पना सापकोटा र अप्सरा रानाले छात्रवृत्ति पाएका छन. । हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठको अधयक्षतामा भएको कार्यक्रममा सभासद खड्काले पढ्न चाहेर पनि समस्यामा परेकालाई आफूले सानो सहयोग गरेको बताए । उनले त्यस क्षेत्रका एक सय विद्यार्थीलाई अध्ययनका लागि सहयोग गर्न चाहेको बताउँदै, पहल गरिदिन आग्रह गरे । कार्यक्रममा विन्ध्यवासिनी क्याम्पसका क्याम्पस प्रमुख नरहरि भट्टराई, एकल महिला समूह अर्मलाका अध्यक्ष दुर्गालक्ष्मी गुरुङ, क्लबका सचिव मोहन थापा र छात्र मातृका जैसीले सहयोग जतिसुकै भएपनि त्यसले प्रेरणा दिने बताएका थिए ।

Post a Comment

 
Top