0
जिल्ला विकास समिति कास्की अन्तर्गत वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासन (सामी) को आयोजनामा दुई दिने वैदेशिक रोजगार कानून तालिम आईतबार सम्पन्न भएको छ । वैदेशिक रोजगार सूचना केन्द्रका कर्मचारीहरुलाई कानून वारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा १० गाविसका सामाजिक परिचालिका र रिटनी स्वयंसेवक गरि २० जनाको सहभागिता रहेको थियो । यसअघि तालिमको उद्घाटन गर्दै जिल्ला विकास समिति कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले स्थानीय तहमा विकास योजना तयार गर्दा कुल वजेटको २५ प्रतिशत वैदेशिक रोजगारका लागि छुट्याउनुपर्ने बताए । कार्यक्रममा परियोजना वरिष्ठ अधिकृत राजन श्रेष्ठ, सामी परियोजना कास्कीकी संयोजक माया गुरुङले वोलेका थिए । तालिममा नेपाल वार एशोसिएसनका सल्लाहकार वरिष्ठ अधिवक्त शिवप्रसाद रिजाल र पिपुल्स फोरमका अधिवक्ता विरवलकाजी राईले सहजिकरण गरेका थिए ।

Post a Comment

 
Top