गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ क्लव पोखराको आयोजनामा पोखरा २४ कृस्तीमा स्थानीय सेवा प्रदायका निकाय, राजनैतिक दल, विद्यालय व्यवस्थापन समिति, वडा नागरिक मञ्च, कृषक सञ्जाल, महिला अधिकार मञ्च लागायतका प्रमुख तथा प्रतिनिधिहरुका लागि सुशासन र जवाफदेहिता सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम शुुक्रबार सम्पन्न भएको छ । सुशासन र जवाफदेहिताका औजार तथा यसका प्रकार, राज्यको नीति, सुुशासनका औजारहरुको उपयोगीताले ल्याउने परिवर्तन, सार्वजानीक सेवा प्रदायक र सेवाग्राहीको भूमिका लगायतको विषयमा जनसरोकार मञ्च कास्कीका सदस्य तथा सहजकर्ता अनिल केसीले सहजिकरण गरेका थिए । कार्यक्रममा वडा नागरिक मञ्च कृस्तीका संयोजक पूर्णबहादुर थापा, क्लवका अध्यक्ष दिपेन्द्र मर्सानी महिला अधिकार मञ्च कृस्तीका अध्यक्ष लक्ष्मी थापा र वडा नागरिक मञ्चका खेमराज पोख्रेल लगायतका बक्ताले कुनै पनि समाजको विकास तथा सेवा प्रदायक निकायहरुमा असल शासन प्रवद्र्धन गर्नका लागि सर्वप्रथम नागरिक सचेत भई सम्बन्धित निकायमा खवरदारी गर्नुपर्नेमा जोड दिए । वडा नागरिक मञ्च कृस्तीका संयोजक पूर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव प्रजापती बराल स्थानिय राजनैतिक दलका प्रमूूख, सेवा प्रदायका निकाय, वडा नागरिक मञ्च, विद्यालय व्यवस्थापन समिति, महिला अधिकार मञ्च लागायत ४५ जनाको सहभागिता रहेको थियो ।

Post a Comment