कास्कीको सर्दिखोला गाविसमा एकदिने जवाफदेहीता एवं उत्तरदायित्व तालीम सम्पन्न भएको छ। नौलो घुम्ती नेपालले सर्दिखोलाका स्थानियलाइ तालिम दिएको हो । नौलो घुम्तीका कार्यक्रम अधिकृत बिभु भुसालले सहभागीहरु लाइ प्रशिक्षण दिएका थिए । उनले आजको समयमा जनस्तरमा तल्लो तह देखी नै जवाफदेहीतको बारेमा ज्ञान हुनुपर्नेमा जोड दिएका थिए । साथै उनले कुनै पनि सरकारी निकायमा सेवा लिन जाँदा ध्यान दिनुपर्ने कुराको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । यस्तै सर्दि खोलाका गाविस सचिव एवं कार्यक्रमका सभाध्यक्ष मिनराज बरालले तलिमबाट सिकेका कुराहरु तत्काल व्यवहारमा उतार्नुपर्ने अन्यथा तालिमको उपलब्धि शून्य हुने बताए । तालिममा अनिता पोख्रेल, माया राना मगर लगायतले सहजीकरण गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment