कहिले मापसे चेकिङ, कहिले राती अवेर सम्म कारोबार गर्न नपाउने उर्दी त, कहिले बढ्दो लोडसेडिङ यि र यस्तै विभिन्न कारणले सुस्ताएको पोखराका दोहोरी साँझलाई विनाशकारी भूकम्पले थप असर गरेको छ । गत बैशाख १२ गतेको भूकम्प र त्यसपछाडि आएका पराकम्पनका कारण केहि दिन पोखराका अधिकांश दोहोरीसाँझ बन्द रहे । विस्तारै जनजीवन सामान्य बन्ने र कारोबार बढ्ने अपेक्षा गरेका दोहोरी साँझका सञ्चालक र कलाकारलाई पुनः बैशाख २९ गतेको अर्को शक्तिशाली पराकम्पनले निराश बनायो । हाल विस्तारै भूकम्पको त्रास घट्दै गएपनि दोहोरीसाँझमा पुग्ने दर्शक र हुने कारोबार पुरानै अवस्थामा फर्कन भने सकेको छैन । हुनत भूकम्प र त्यसपछाडि आएका पराकम्पनले पोखरामा मात्र नभएर देशैभरीका दोहोरी साँझलाई असर पारेको छ । यसरी आएको मन्दीले लोक दोहोरी साँझका सञ्चालक र त्यहाँ कार्यरत कलाकार लगायतका अन्य कर्मचारीलाई प्रत्यक्ष मार परेको छ ।
कास्कीमा रहेका दोहोरी साँझमा झण्डै दुई सय भन्दा बढि कलाकारले प्रत्यक्ष रोजगारी पाएका दोहोरी साँझका सञ्चालक बताउँछन् । दोहोरी साँझमा काम गर्ने गैर कलाकारको संख्या पाँच सयको हाराहारीमा छ । मासिक झण्डै डेढ करोडको कारोबार हुने दोहोरीसाँझको कारोबार यतिबेला ४० प्रतिशतले घटेको उनीहरुले स्विकार्छन् । त्यसो त आन्तरिक र बाह्र पर्यटकलाई लक्षित गरी पोखराको लेकसाइडमा सञ्चालनमा आएका डिस्को थेक तथा गजल रेष्टुरेन्टको कारोबार ज्यादै न्युन छ । हाल पोखरामा ५ प्रतिशत मात्र पर्यटक रहेकोले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षीत गरी सञ्चालन गरिएका व्यवसायमा असर परेको पोखरा पर्यटन पुनर्जागरण समितिका सञ्चार संयोजक टिकाराम सापकोटाले जनाए । पोखराको सिर्जनाचोकमा रहेको विसौनी दोहोरी साँझका सञ्चालक मध्येका एक जिवन दाहाल भूकम्पका कारण दोहोरी साँझको आम्दानी घटेको बताउँछन् । दोहोरी साँझमा पुग्ने दर्शकको ‘भोलुम’ र व्यापार दुवै घटेको उनले सुनाए । ‘दैनिक ३० हजारको हाराहारीमा व्यापार हुने गथ्र्यो, भूकम्पपछि यो कारोबार घटेर १८ हजारमा झरेको छ’ उनले भने । काठमाडौँमा दोहोरी साँझको कारोबार लगभग ठप्प भएपनि पोखरामा भने त्यस्तो अवस्था नभएको उनले बताए । पोखराका दोहोरी साँभमा पुग्नेहरु कास्कीकै हुने गरेको र अन्य ठाउँको तुलनामा कास्कीमा भूकम्पले क्षती कम पारेको भएर पनि अब विस्तारै दाहोरी साँझमा कारोबार बढ्नेमा उनी आशावादी छन् । राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष समेत रहेका दाहालले पेशामा असर परेपनि राहत वितरणमा कलाकारले सहयोग गरिरहेको बताउँछन् । रिमझिम दाहोरी साँझका सञ्चालक रहेका लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने भूकम्पको असर दाहोरी साँझमा प्रष्ट रुपमा देखिएको बताउँछन् । दोहोरी साँझ तर्फको आर्कषण बढाउन ‘पब्लीसिटी’ गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरी ढुङ्गाना भूकम्पका कारण पोखराका दोहोरीसाँझ बन्द समेत भएको बताउँछन् । ‘भूकम्पको त्रासले केही दिन बन्द पनि भए’ उनले अगाडि थपे ‘अब विस्तारै चाप बढ्दैछ’ । यता राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य चोलेन्द्र पौडेल भूकम्प चपेटामा दोहोरी साँझ अछुतो रहन नसकेपनि अब विस्तारै दर्शक संख्या र कारोबार बढ्नेमा आशावादी देखिन्छन् । त्यस्तैगरी राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अर्का केन्द्रिय सदस्य तारापति सुवेदी पनि दोहोरी साँझमा असर परेको भन्दै अब केहि सोच्नुपर्ने अवस्था आएको बताउँछन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका महासचिव घनश्याम रिजाल भूकम्पको कारण परेको असर मत्थर हुदै गएपनि मापसे चेकिङका कारण रात्रीकालीन व्यवसाय सबैलाई मर्का परेको गुनासो गर्छन् । यतिबेला कास्कीमा सञ्चालनमा रहेका दोहोरी साँझको संख्या १५ पुगेको छ । जस्मा रिमझिम दोहोरी साँझ विरौटा, विसौनी दोहोरी साँझ सिर्जनाचोक, फेवा दोहोरी साँझ महेन्द्रपुल, दौतरी दोहोरी साँझ चिप्लेढुङ्गा, मान्द्रो दोहोरी साँझ चिप्लेढुङ्गा, रुपाहिल दोहोरी साँझ चिप्लेढुङ्गामा रहेका छन् । त्यस्तैगरी निरमाया दोहोरी साँझ चिप्लेढुङ्गा, वर–पिपल दोहोरी साँझ न्युरोड, गाउँ शहर दोहोरी साँझ सिर्जनाचोक, सुनगाभा दोहोरी साँझ पृथ्विचोक, भञ्ज्याङ दोहोरी साँझ शिवालयचोक, हाम्रो दोहोरी साँझ पृथ्वीचोक, गोधुली दोहोरी साँझ बाँस्तोलाथर नयाँबजार र चौतारी दोहोरी साँझ पृथ्विचोक रहेका छन् । उता सात तालको वाटिका सहर लेखनाथमा पनि सात ताल दोहोरी साँझ रहेको छ । यी मध्ये गोधुली दोहोरी साँझ केहि दिन अगाडिबाट मात्रै सञ्चालमा आएको हो । कास्कीमा झण्डै १२ करोडको लगानी दोहोरीसाँझमा रहेको छ । वरिष्ठ लोकदोहोरीगायक प्रजापति पराजुलीले वि.सं. २०५० फागुन ३ गते आफ्नै घरमा ‘दोहोरी रेष्टुरेन्ट दोहोरी साँझ’ सञ्चालन गरी पोखरामामा मात्र नभएर नेपालमानै दोहोरी साँझको शुरुवात गरेका थिए । त्यो क्रम अझ बढ्दैछ । पोखरामा दोहोरी साँझ खुलेको चार वर्ष पछि २०५४ सालमा राजधानी काठमाण्डौँमा पुकार दोहोरी साँझ सञ्चालनमा आयो भने त्यसपछि दोभान दोहोरी साँझ, छहारी दोहोरी साँझ लगायतका दोहोरी साँझको स्थापना हुन पुग्यो । त्यसपछि एकपछि अर्को गर्दै पोखरा लगायतका मुलुकका विभिन्न सहरमा सयौं दोहोरी साझँ सञ्चालनमा आएका छन् । त्यसोत पोखरामा सञ्चालनमा रहेका सुशेली दोहोरी साँझ, माछापुच्छूे दोहोरी साँझ, भेटघाट दोहोरी साँझ, सप्तकोशी दोहोरी साँझ, दिपशिखा दोहोरी साँझ, तिरुपती दोहोरी साँझ, सोल्टी दोहोरी साँझ, शर्मा दोहोरी साँझ, पानस दोहोरी साँझ, सरगम दोहोरी साँझ, निरला दोहोरी साँझ, घरको छानो दोहोरी साँझ, गामवेशी दोहोरी साँझ, गाँउले दोहोरी साँझ लगायतका दोहोरी साँझ भने निरन्तर सञ्चालन हुन सकेनन् । सञ्चालमा आएका दोहोरी साँझ केहि बन्द भैसेके भने नयाँ खुल्ने क्रम समेत अझै रोकीएको छैन । एल्बम विक्री शून्यमा पुगेर पीडित बनेका कलाकारले विकल्पको रुपमा दाहोरीसाँझमा काम गर्दै दैनिक गुजारा चलाउददै आएका छन् । पछिल्लो समयमा त दोहोरी साँझ सञ्चालन गर्ने कलाकारको संख्यामा समेत व्यापक वृद्धि भएको छ । त्यसोत दोहोरी साँझलाईनै लक्षीत गरेरनै यात्रा अगाडि बढा्रइरहेका कलाकारको संख्या समेत व्यापक देखिन्छ । हुनत यतिबेला दोहोरी साँझको मात्र व्यापार घटेको भने होइन । पोखरामा सञ्चालित अन्य रेष्टुरेन्ट तथा होटलहरुको अवस्था झनै दयनिय छ । पोखरामा घर जग्गाको कारोबार उत्कर्शमा पूग्दा फस्टाएको दाहोरी साँझको कारोबार घरजग्गाको कारोबार घटे सँगै ओरालो लागेको थियो । त्यो क्रम भूकम्पले झनै बढायो । यसरी अन्य व्यवसायको असर समेत यो क्षेत्रमा पर्ने हुदाँ कारोबारलाई पुरानै अवस्थामा पु¥याउन दोहोरी कलाकार र सञ्चालकले सोच्ने की ?

Post a Comment