0
पोखराको सिम्पानी क्षेत्रमा लागूपर्दाथ दुव्र्यसन विरुद्ध सचेतना मूलक ¥याली प्रदर्शन गरिएको छ । व्रिटिस काउन्सिल नेपालको सहयोगमा स्थानिय स्पाइरल ग्यालेक्सी उच्च माविले वढदो लागुपर्दाथ प्रयोगको नियन्त्रण गर्न सघाउने उद्देश्यले ¥यालीको आयोजना गरेको हो । विद्यालय प्राङ्गढबाट शुरु भएको ¥याली सिम्पानी, लामपाटा, हरिचोक, टयाक्सीचोक हुँदै विद्यालय परिसरमा आएर सचेतना सभामा परिणत भएको थियो । ¥यालीमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले विभिन्न सचेतनामुलक नारा अङ्कित प्लेकार्ड बोकेका थिए । सभामा विद्यालयका प्राचार्य नारायण शर्मा चापागाईले स्वस्थ र सिर्जनशिल युवा बाट नै स्वस्थ र उन्नतशिल समाज निर्माण हुने बताउँदै कुबाटोमा नलाग्न सुझाव दिए । विद्यालयले यसअघि पनि लागूपर्दाथ विरुद्ध विद्यार्थीलाई सचेतना कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक सुमन पौडेलले जानकारी दिए  ब्रिटिस काउन्सिल बाट समेत छनोटमा परेको विद्यालयले शिक्षक र विद्यार्थीलाई काठमाडांैमा भएको लागु पर्दाथ सम्बन्धी राष्ट्रिय कार्यक्रममा सहभागी गराएको थियो ।

Post a Comment

 
Top