६३ औं मदनजयन्तीको सन्दर्भमा नेकपा एमाले कास्कीका अध्यक्ष एवं पूर्व मेयर कृष्ण थापाले एक समारोह बीच जनश्रममा पाइलाहरु पुस्तकको लोकार्पण गरेका छन् । साहित्य तथा राजनीतिकर्मी धनवहादुर नेपालीद्वारा लिखित दैनिकी साहित्य विधाको सो पुस्तक लोकार्पण गर्दै राष्ट्र विपतमा परेको बेला स्वंय सेवी भावनाले पीडितहरु बीच पुग्नु र त्यहाका अनुभूतिहरुलाई पुस्तकाकार मा ल्याउनु महत्वपूर्ण कार्य भएको बताए । कार्यक्रममा प्रध्यापक डा.यदुनन्दन उपाध्यायले भूकम्पले घर क्षति भएर मानसिक तनावमा परेका दुरदराजको गाउँमा पुगेर खटेका प्रसंग क्षति भएका विवरण त्यहाँको प्राकृतिक अवस्थावारे पुस्तकले पाठकलाई आर्कषित मात्र गर्दैन पुस्तक पढे पछि मानविय भावना नै सबैभन्दा ठूलो नाता भएको स्रष्टाले विचार दिन खोजेको समिक्षात्मक भनाई राखेका थिए । प्रसिद्ध साहित्यकार प्रदिप ज्ञवालीले निरन्तर कार्य क्षेत्रमा खटेर सेवा समर्पण र निष्ठाको भावनालाई जनश्रममा पाइलाहरुले समेटेको शुभकामनाका शब्दहरु पुस्तकमा व्यक्त गरेका छन् ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
राजनीति
» जनश्रममा पाइलाहरु पुस्तक लोकार्पण
Subscribe to:
Post Comments (Atom)
Post a Comment