गोल्डेन न्यूज संवाददाता
अभिवादन प्रतिभा पहिचान प्रतिष्ठानले लोकगायिका हरिदेवी कोइराला र पत्रकार सुष्मा पौडेललाई काठमाडौमा सम्मान गरेको छ । कोइरालालाई लोकसंस्कृति संरक्षणमा अतुलनीय योगदान पु¥याएकोमा टंकमाया लुइँटेल संगीत अभिभादनबाट सम्मान गरिएको हो भने नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पौडेललाई पत्रकारिता एवं सामाजिक अभियानमा योगदान पु¥याएकोमा प्रतिभा अभिवादनबाट सम्मान गरिएको हो । प्रतिष्ठानले देशभरबाट छनौट १० मध्ये कोइराला र पौडेल पोखराबाट छनौट भएका हुन् । प्राज्ञसमेत रहेकी कोइराला गीत, संगीत र साहित्यमा सक्रिय छिन् । उनको २६ भन्दा बढी तीजे एल्वम र तीजको एक दर्जन भिसीडीसमेत बजारमा आइसकेको छ । निबन्ध, गजल, हाइकुमा समेत कलम चलाउने कोइराला कोइलीदेवी साहित्य सम्मान, नुरगंगा राष्ट्रिय सम्मान, साहित्य सम्मान, तन्नेरी द्वैमासिक पुरस्कार, अलिमियाँ लोकवाङ्मय पुरस्कारलगायत दर्जनौ राष्ट्रिय सम्मान तथा पुरस्कारबाट सम्मानित भैसकेकी छिन् । हरिदेवी संगीत सम्मान कोष, लेखनाथ साहित्य प्रतिष्ठान, अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, संगीत प्रशिक्षण केन्द्रलगायत दर्जनौ संघसंस्थामा आवद्ध कोइरालाका गीत र कवितामा शोधकार्यसमेत भैसकेको छ । अभिभादन पुरस्कारबाट सम्मानित सुष्मा पौडलले पत्रकारिता मार्फत समाजको बिकृति बिसंगति हटाउँदै परोपकारी पत्रकारीतामा निरन्तर लागेको र विभिन्न अभियानमार्फत समाज रुपान्तरणमा क्रियाशील रहेकोमा नगदसहित सम्मान गरिएको जनाइएको छ ।
Post a Comment