गोल्डेन न्यूज संवाददाता
गुरुङ हर्बल ब्युटी पार्लर एन्ड एकेडेमीले भूकम्प पीडित पत्रकारका लागि सहयोग गरेको छ । कर्मचारी र प्रशिक्षार्थीद्वारा संकलित रकममा सञ्चालिका चिनु गुरुङले केही रकम थपी नेपाल पत्रकार महासंघलाई ५१ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेकी हुन् । पोखरा न्यूरोडस्थित एकेडेमीमा मंगलबार आयोजित कार्यक्रमबीच महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, उपाध्यक्ष राजेन्द्र अधिकारी, सचिव त्रिभुवन पौडेल र कोषाध्यक्ष रामप्रसाद तिमिल्सिना लाई गुरुङले संयुक्त रुपमा चेक हस्तान्तरण गरिन् । ‘पहिलेदेखि नै दिने इच्छा थियो,’ गुरुङले भनिन्, ‘तर अवसर जुरेको थिएन ।’ व्यक्तिगत रुपमा दिँदा राम्रो नहुने भएकाले संस्थागत रुपबाट दिएको उनले बताइन् । ‘कर्मचारी र विद्यार्थीबाट उठाएको रकम हो,’ उनले भनिन्, ‘यसरी संस्थालाई दिँदा वास्तविक पीडित समक्ष पुग्ने विश्वास गरेकी छु ।’ राहत संकलन अभियानमा यस रकमले ठूलो महत्व राख्ने महासंघका अध्यक्ष ज्ञवालीले बताए । ‘हामी भूकम्प पीडित पत्रकारहरुको सहयोगका लागि जुटेका छांै,’ उनले भनिन्, ‘देशभर ८ सय पत्रकार भूकम्पबाट पीडित छन् ।’ कास्कीमा मात्र ४० भन्दा बढी पत्रकार भूकम्पबाट पीडित रहेको उनले जानकारी दिए ।
Post a Comment