0
विक्रम सम्वत १९८१ भाद्र ३० मा पिता कृष्णबहादुर श्रेष्ठ र माता विष्णुकुमारी श्रेष्ठको कोखबाट जन्मिनुभएका वावुलाल श्रेष्ठ वाल्यावस्था देखि नै अत्यन्त फूर्तिलो, कुनैपनि काममा निरन्तर लागिरहने व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो । पिताजीका पाँच छोरा  मध्येका माहिला छोरा वावुलाल श्रेष्ठ पिताजीको मृत्यु पछि टुहुरो भएकै कारण असहाय, निरिह अवस्थामा उनको पैतृक सम्पतिमा साहुको वक्रदृष्टि पर्न थाल्यो भने खवटे  जस्ता रोगले ग्रस्त हटिया टोल छोडी आमासंगै पोखरा मामा घर  भाईहरुलाई लिएर जानुभयो । केही वर्षवसी घर फर्के पश्चात् उहाँको वास्तविक जीवन प्रारम्भ भएको हो भन्न सकिन्छ । जग्गा जमिन प्रसस्त भएता पनि साहुकै अधिनमा (कब्जामा) भएकै कारण अत्यन्त कठिनतासाथ बाँच्नु पर्ने अवस्था भयो । सामान्य पढाई लेखाई भए पनि वौद्धिकताका धनी उहाँसंग गृहस्थाश्रमको निमित चाहिने पर्याप्त सीप र ज्ञान तथा जाँगर थियो ।  परम्परागत तथा संस्कार गत व्यापारिक मनोगत भावनाजन्य प्रवृत्तिले सानो खुद्रा पसलले वृहत् रुप लिएर लमजुङका ५ गाउँ पुरै ढाकिए । पूर्व वीरगञ्ज ठोरी, पश्चिम वटौली (बुटवल) मा उहाँको व्यापारिक यात्रा कायम भएको थियो । व्यापार वृद्धिकै कारण धनाढ्यहरुसंगको चिनजान र सम्र्पकले व्यापारिक सफलता प्राप्त भएको थियो । परिवारिक मेल मिलाप, स्नेह आदर आदि मानविय भावनाका धनी उहाँको गृहस्थी जीवन अत्यन्त सफल मान्न सकिन्छ । सामाजिक दृष्टिकोणले हेर्दा उहाँमा एक अर्कोप्रति सहयोग सद्भाव समर्पणको भावना थियो । गरिब प्रति सहानुभूति राख्न खोज्ने वावुलाल श्रेष्ठ शारीरिक र मानसिक दुवै थरी शुद्धताको पक्षमा हुनु हुन्थ्यो । व्यापारिक संगठनमा विश्वास राख्नु हुने, तत्कालीन अवस्थामा लमजुङमा उद्योग वाणिज्य संघको स्थापनार्थ संस्थापक  सदस्यको रुपमा ठूलो भूमिका निभाउनु भएको थियो । जसका कारणले लमजुङ उद्योग वाणिज्य संघले उहाँके कार्यको प्श)सा गर्दै सम्मान समेत गरिसकेको छ ।  प्रात ः कालीनमा स्नान रसन्ध्यमा पूजा पाठ उहाँको नियमितता नै थियो । ‘परोपकाराय सतां विभूतय’(सज्जनहरुको ऐश्वर्य नै परोपकार हो ।) भन्ने भावना वोकेर उहाँले बाटो, पंधेरोको निर्माण रपुनःनिर्माण गर्ने कामका साथै सामुदायिक संघ संस्था ज.म. मा.वि., कुसुमाकर उ.मा.वि. ईशानेश्वर उ.मा.वि . क्यामपसका साथै त्यहाँ हुने धार्मिक अनुष्ठानहरु साथै ईशानेश्वर आध्यात्मिक पीठको संस्थापक सदस्य भएर सबैखाले .सस्थाहरुको उन्नयन र विकासमा टेवा पु¥याउनु भएको थियो ।  नेवारी परम्परा र सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने कुरामा नेतृत्व प्रदान गरेर पर्व पर्वमा लाखे नाच, धान नाच, रोपाइँ जात्रा जस्ता कार्य गरेर हटिया टोलको गरिमा र नेवारी सँस्कृति र परम्पराको निर्वाह गर्नुभयो । परम्परागत प्रजातान्त्रिक सहित्य सम्मेलनको जगेर्ना र संरक्षण गर्ने कार्यमा भावनात्मक सक्रियता देखाएर समाजवादी समाजको यथार्थतालाई हृदयंगमन युवा तरुणहरुको मनोबल उकास्ने काम गर्नु भएको थियो । अन्य क्षेत्रमा भन्दा बढी कृषि क्षेत्रमा उहाँको अभिरुचि भएकै कारण निर्वाहमुखी पशुपालन र खेतीपातीको काममा विशेष रुपमा सक्रिय, आवश्यकता परिपूर्ति गर्ने क्रममा संलग्नता देखिन्यो । यसरी उहाँको वहुआयमिक व्यक्तित्वको विश्लेषण गर्दा सफल कृषक, सफल व्यापारी, सामाजिक र परोपकारी संस्कृति संरक्षकका रुपमा स्थापित गराउन सकिन्छ ।

Post a Comment

 
Top