गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिकाको वडा नं १ भण्डारढिकमा वडा कार्यालय स्थापना गर्ने माग राख्दै स्थानीय स्तरमा सरोकार समिति गठन गरिएको छ । वडावासीहरुको आम भेलाले भण्डारढिकमा रहेको कृषि भवनमा वडा कार्यालय भवन निर्माण गर्ने माग राख्दै जंग बहादुर गुरुङको संयोजकत्बमा नौ सदस्यीय सरोकार समिति चयन गरेको हो । समितिको सदस्यहरुमा सुबेदार चन्द्र बहादुर गुरुङ, बावुराम गुरुङ, मोहनसिह गुरुङ, हेमबहादुर बानियाँ, भुपेन्द्र गुरुङ,जमुना पौडेर, लक्ष्मी गुरुङ र बिन्दु कुमारी भण्डारी रहेका छन् । भवन निर्माण समितिका अध्यक्ष होमनाथ पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १र १२ का वडा सचिव राजेन्द्र प्रसाद वजगाई, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले सार्वजानिक जग्गाको संरक्षण गर्दै जनतालाई पाई पर्ने ठाउँमा बडा कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका थिए
Post a Comment