0
भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा पोखरा–२३ नर्मलपोखरी तिलहारमा स्वस्ती शान्ति तथा क्षमा पूजा गरिएको छ । सो पूजा कार्यक्रमका संयोजक र भारतीय भूतपूर्व शैनिक हवल्दार खर्क बहादुर अधिकारीले बैशाख १२ गतेको बिनासकारी भुमम्पमा परी ज्यान गुमाउनेको सम्झनामा तथा नेपालमा आगामी दिनमा  यस्तो बिनासकारी विपत्त नआओस भनेर पूजा आयोजना गरिएको बताए । पूजा कार्यक्रममा निर्मलपोखरी गाविसका करिब ४ सय जनाको सहभागिता रहेको थियो । शनिवार आयोजित पूजा कार्यक्रममा निर्मलपोखरी तिलहारमा नब निर्माण गरिएको इन्द्र देबताको मन्दिरको पनि उद्घाटन गरिएको थियो । मन्दिरको बरिष्ठ इन्जीनिएर टुकलाल अधिकारी र डा. रामचन्द्र पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए । करिब ३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको मन्दिर भरतीय भूतपूर्व सैनिक हवल्दार खड््क बहादुर अधिकारीको संयोजकत्वमा निर्माण कार्य सम्पन्न भएको थियो । स्थानीयबाट संकलित चन्दा र थाप्ले आमासमूह तथा इन्द्रेणी यूवा क्लबको सहयोगमा मन्दिर निर्माण गरिएको निर्माण आयोजना समितिका संयोजक अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top