0
गोल्डेन न्यूज संवाददाता
पोखरामा संचालित पोखरा डाइविटिज एण्ड थाइराइड क्लिनिक प्रालिले आफ्नो शुभारम्भको अवसर पारेर आयोजना गरेको थाइराइड तथा डाइविटिज रोगको निःशुल्क परीक्षणमा ५ सय बढीले स्वास्थ्य परीक्षण गरेका छन् । स्वास्थ्य परीक्षका लागि आउनेहरुमा पोखराका साथै स्याङ्जा, पर्वत, बाग्लुङ, तनहुँ लगायतका छिमेकी जिल्लाका रहेको बताइएको छ । क्लिनिकका  अध्यक्ष समेत रहेका राजन फर्माका संचालक राजन श्रेष्ठले दिएको जानकारी अनुसार शिविरमा डाइविटिज र थाइराइडका बिरामीहरुलाई आवश्यक पर्ने झण्डै दुई लाख रुपैयाँको औषधि निःशुल्क वितरण गरिएको र विरामीहरुलाई आहार विधि परामर्श सेवा समेत निःशुल्क रुपमा संचालन गरिएको थियो । डाइटिसियन तथा आहार परामर्शदाता श्रीविद्या आर कायस्थ र डा. सचिन ढकालले शिविरमा आएका विरामीलाई आवश्यक सेवा प्रदान गरेका थिए । नेपालको प्रमुख विशेषज्ञको रुपमा ख्याति कमाएकी डा. अंशुमाली जोशी, मधूमेह तथा थाइराइड रोगका विशेषज्ञ डा. सचिन ढकाल र औषधि व्यवसायी राजन श्रेष्ठको संयुक्त लगानीमा क्लिनिक स्थापना गरिएको हो ।  चिकित्सकका अनुसार मानिसको रगतमा इन्सुलिन हर्मोन बढी या कम भएमा डाइविटिज हुन सक्छ, डाइविटिज भएमा शरीर दुब्लाउँदै जाने, पसिना आउने, पिसावमा सुगरको मात्रा बढ्ने हुनाले कमिला लाग्ने र शारीरिक थकान हुने लक्षण देखा पर्दछ । यसैगरी थाइराइड हर्मोन धेरै या थोरै भएमा थाइराइडकै समस्या आउने गर्दछ । थाइराइड भएमा मानिस धेरै मोटाउने या दुब्लाउने, कपाल झर्ने, महिलामा महिनावारी र बाँझोपनको समस्या देखिने हुन्छ । यस्तो अवस्थामा सम्बन्धित बिरामीले क्लिनिकमा आएर स्वास्थ्य परीक्षण गर्दा थाइराइड या डाइविटिजको बारेमा पत्ता लाग्ने क्लिनिकका अध्यक्ष राजन श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई बताए ।

Post a Comment

 
Top