0
आध्यात्मिक तथा मानसिक परामर्श अभियान पश्चिमाञ्चलको आयोजनामा वुधवार पोखरा १७ विरौटामा कार्यक्रम सम्पन्न भएको छ।विरौटा क्लवको संयोजन तथा ओशो धारा ध्यान केन्द्र पोखराको व्यवस्थापनमा ओशो ध्यान केन्द्रको हलमा कार्यक्रम सम्पन्न भएको हो । सम्पूर्ण आध्यात्मिक तथा धार्मिक संघसंस्था तथा प्रशासन, पत्रकार, डाक्टर, भूगोलविद्, इञ्जिनियर सवै एकजुट भई भुकम्प प्रभावितहरुको फाटेको मनमा शान्ति र आनन्द जगाउने उद्देश्यले संचालन गरिएको संयुक्त प्याकेज कार्यक्रमको यो १५ औं कार्यक्रम हो । यस अगाडि गोरखा, नुवाकोट, स्याङ्जा, तनहँु, कास्की लगायतका स्थानहरुमा अभियान तथा निःशुल्क स्वास्थ शिविर समेत संचालन भैसकेका छन् । विरौटामा सम्पन्न कार्यक्रमका सहभागीहरुले एउटै रुखमा फलेको विभिन्न स्वादका फरकफरक फलहरु चाखेको अनुभव कार्यक्रमवाट प्राप्त भएको अनुभव सुनाए । कार्यक्रममा सहभागीका तर्फवाट डिल्लीरमण पोख्रेल, डि आर भट्ट्राई, पवित्रमणि पोख्रेल र लगायतले कार्यक्रमले सवै धर्मको वाटो फरक भएपनि एउटै सार भएको समेत सन्देश दिएको वताए । उनीहरुले कार्यक्रम भूकम्प प्रभावितका लागि मात्र नभई ठाँउ–ठाँउमा आयोजना गर्नुपर्ने आवश्यकता औल्याए ।कार्यक्रममा समाजसेवी, धार्मिक तथा आध्यात्मिक व्यक्तिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा आमा समूह, टोल विकास संस्था तथा क्लवका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा व्रह्मकुमारी इश्वरीय विश्व विद्यालयका राजयोगिनी व्रह्मकुमारी सुधाले तनाव व्यवस्थापन सम्वन्धि, पतंजलिका योग प्रशिक्षक लक्ष्मण पौडेलले योग,  ओशो धाराका नारायण शर्मा सिग्देलले नो माइण्ड थेरापी, इञ्जिनियर राजेन्द्र लिगलले भुकम्प र संरचना लगायतको प्रस्तुति रहेको थियो ।

Post a Comment

 
Top