गोल्डेन न्यूज संवाददाता
अपराध नियन्त्रण वा गलत कृयाकपलापको प्रत्यक्ष निगरानी गर्न सकिने सि.सि क्यामेराको उचित प्रयोग गर्न नसक्दा प्रहरी लाई काम गर्न अप्ठेरो परेको छ जिल्ल प्रहरी कार्यालय तथा मातहतका वडा कार्यालयहरुले सिधै नियन्त्रण वा निगरानी गर्न सकिने गरी कास्की जिल्लामा रहेका ४० वटा क्यामेरमा ४ वटा मात्र सञ्चालनमा आएका छन । अन्य क्यामेरा लोडसेडिङ्ग भएको अबस्थामा काम नगर्ने हुन्छन । पृथ्वीचोक, हल्लनचोक, अमरसिंहचोक जस्ता मुख्य चोकहरुमा रहेका सि.सि क्यामेरालाई चौवीसै घण्टा सञ्चालन गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । क्यामेरा भएपनि लोडसेडिङ्ग वा अन्य सामान्य समस्याका कारण पनि सञ्चालनमा आउन नसक्ने अबस्था भएको प्रहरीले जानकारी दिएको छ । यदि आबस्यक स्रोत साधन हुने हो भने सबै समयमा सि.सि क्यामेरा सञ्चालन गर्न सकीने प्रहरीले बताएको छ । एक बर्ष अगाडी सातवटाको संख्यामा रहेको सि.सि क्यामेर अहिले ४० बटा पुगेको छ । बैक तथा बित्तिय संस्थाहरुको ब्याकअपबाट सञ्चालन भएका क्यामेराहरु ति संस्थाहरु बन्द भएको बेलामा लोडसेडिङ्ग भयो भने क्यामेराले काम गर्दैन । क्यामेरा सञ्चालनको लागि आबस्यक पर्ने बिजुलीको बैकल्पिक ब्यबस्था नभएका कारण निरन्तर रुपमा सिसि क्यामेराकोे सेवा लिन असजिलो भएको प्रहरी स्रोतले बताएको छ । अहिले भएका क्यामेरा पुरै सञ्चालन गर्न सक्ने हो भने सवारी दुर्घटना तथा अपराध नियन्त्रणका लागि सजिलो हुने प्रहरीको भनाई रहेको विगन्यूज डटकमले जनाएको छ ।
Post a Comment