गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा अन्नपूर्णको सक्रियतामा विभिन्न संघ संस्था,व्यक्तिहरूको सहयोगमा कास्कीको चापाकोट औसेलुचौर स्थित पञ्चकोशी नि.मा.वि.को चारकोठाको स्थायी भवन निर्माण हुने भएको छ । गत वैैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पका कारण उक्त विद्यालय भवन पूर्ण रूपमा क्षति भई पठनपाठनमा अवरुद्घ भएकोमा, रेडियो अन्नपूर्णका दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा भकारीले बारेर अस्थाई कोठा निर्माण गरि पठनपाठन हुँदै आएकोमा अन्नपूर्ण लायन्स क्लबले स्थायी चारकोठे भुकम्प प्रतिरोधात्मक आधुनिक भवन निर्माण गरिदिन लागेको हो । १० लाख रूपयाँको लागतमा निर्माण हुने उक्त विद्यालय भुकम्पले क्षति पु¥याएका कास्की जिल्लाका विद्यालयमध्ये स्थायी निर्माणमा पहिलो रहेको छ । भवन निर्माण सम्झौतामा क्लवका अध्यक्ष लायन यदुनाथ अधिकारी, पूर्वअध्यक्षहरू लायन सोनाम साङ्पो, धु्रव श्रेष्ठ र विद्यालयको तर्फबाट ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, अभिभाव क संघका अध्यक्षले वुधवार हस्ताक्षर गरेका छन् ।
Post a Comment