0
गोल्डेन न्यूज संवाददाता 
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले मित्रराष्ट्र चीन र भारतले नेपालको सहमति बिनै नेपाल भूमि लिपुलेक प्रयोग गर्ने आफूखुसी गरेको निर्णको विरोध गरेको छ । समितिको शनिवार बसेको बैठकले त्यसका विरुद्धमा पोखरामा छिट्टै अन्तर्किया गर्ने र सीमाविद् डा. बुद्धिनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्ने संस्थाका महासचिव रामबहादुर पौडेलले जानकारी दिए । बैठकले लेकसाइडमा रहेको बसन्धरा पार्कको सम्पूर्ण भूमि ओगट्ने गरी  निर्माण गर्ने भनिएको प्रस्तावित केवुलकार परियोजना पर्यावरण र प्राकृतिक सम्पदा तथा नागरिक अधिकार कुण्ठित पार्ने जनाएको छ । उक्त स्थान परियोजना अघि बढाउन उपयुक्त नभएको ठहर गरेको छ । बैठकमा फेवाताल पारि रहेको रानी वन फँडानीले जैविक विविधता लगायत आश्रित लोपोन्मुख जीवजन्तुलाई प्रतिकूल असर पार्नेमा चिन्ता व्यक्त गरिएको छ । फँडानीपश्चात् हुने भूक्षयका कारण नेपालकै महत्वपूर्ण राष्ट्रिय सम्पदाको छायामा प्रख्यात फेवातालको अस्तित्व नै जोखिममा पर्नुका साथै ग्रीन वेल्ट परियोजनाका लागि अधिग्रहण गरिएको सार्वजनिक स्थललाई व्यापारिक प्रयोजनका लागि दिइँदा प्राकृतिक प्रकोपका बेला सबैले सुरक्षित आश्रय स्थलका रुपमा प्रयोग गर्दै आइरहेकामा नागरिकको सुरक्षित हुन पाउने अधिकार कुण्ठित हुने सचिव पार्वती पौडेले जानकारी दिइन् ।

Post a Comment

 
Top