0
गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ टोल विकास संस्थाले आयोजना गरेको एकदिने कानूनी सचेतना परामर्श तालिम आइतबार सम्पन्न भयो । तालिममा अधिवक्ता भुवन पराजुलीले महिलाहरु सामू आइपर्ने विभिन्न समस्याको कानूनी उपचार र महिला हक अधिकारका बारेमा विद्यामान कानूनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए । तालिमको उद्घाटन संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीले गरेकी थिइन ।  त्यस अवसरमा बोल्दै उनले टोल विकास संस्थाका सदस्य महिलाहरुलाई चेतनशील र जागरुक बनाउन तालिम उपयोगी भएको बताइन । त्यस अवसरमा संस्थाका सल्लाहकारहरु मंगलप्रसाद माकाजू, शम्भु प्रसाद कोइराला, मुक्ति पराजुली, हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुली, संस्थाका निवर्तमान अध्यक्ष पार्वती माकाजू, मातृ शिशु स्याहार केन्द्रका अध्यक्ष रजनी केसी, रामकृष्ण टोल विकास संस्थाका अध्यक्ष ईश्वर लिगल तथा सदस्यहरु रत्नमाया लिगल र कल्पना गौतमले कानूनी सचेतना कार्यक्रम र संस्थाका गतिविधिका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।  तालिम कार्यक्रमकी संयोजक मिना लिगल र संस्थाकी सचिव उमा कोइरालाले पनि कार्यक्रममा बोलेका थिए । करिब १ सय जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि मंगल प्रसाद माकाजू  तथा प्रशिक्षक भुवन पराजुलीलाई संस्थाकी अध्यक्ष कोइरालाले मायाको चिनो र दोसल्ला ओढाइ सम्मान गरेकी थिइन । सोही कार्यक्रममा वैशाख १२ र २९ गतेको भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा श्रद्धाञ्जली तथा घाइतेहरुको स्वास्थ्यलाको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो ।

Post a Comment

 
Top