गोल्डेन न्यूज संवाददाता
गौरी शंकर वहुमखी क्याम्पस तथा उच्च माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरिएको छ । क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व.टीकाराम बास्तोलाका परिवारद्वारा स्थापित टीकाराम वाँस्तोला छात्रावृत्ति, डा.देशराज कुँवर छात्रावृत्ति, प्रवासी नेपाली हेमजा–कतार समाज सेवा छात्रावृत्ति वितरण गरिएको थियो । उक्त अवसरमा टीकारा बास्तोला छात्रावृत्ति क्याम्पसमा वि.एड.दोस्रो वर्ष अध्ययनरत छात्रा महादेवि पौडेल र विएड पहिल वर्षमा अध्ययनरत छात्रा विन्दु गुरुङलाई तीन–तीन हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।त्यस्तै डा.देशराज कुँवर छात्रवृत्ति गौरी शंकर उच्च मावि कक्षा ११ व्यवस्थापन समूहमा अध्ययनरत छात्रहरु आशीष त्रिपाठी र ईश्वर भण्डारीलाई तीन तीन हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरि हेमजाबाट रोजगारीका लागि कतार गएका नेपालीबाट स्थापित प्रवासी नेपाली हेमजा–कतार समाज सेवा छात्रवृत्ति विएड दोस्रो वर्षकी छात्रा मिरा रोकमगर र कक्षा ११ शिक्षा समूहकी छात्रा संगीता दाहाललाई नगद दुई हजार चार सय र प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गौरी शंकर वहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष भुवनेश्वर पौडेल, छात्रवृत्तिका संस्थापक ई.रमेश वास्तोला, संस्थापक लोकेन्द्र कुँवर, प्रतिनिधि ह.टेकबहादुर कुँवर, क्याम्पस प्रमुख डम्मर सिंह बस्नेतले छात्रवृत्ति वितरण गरेका थिए ।कार्यक्रममा पुरस्कारका संस्थापक ई.रमेश बास्तोलाले आफ्ना वुवाको स्मृतिमा स्थापित यस छात्रवृत्तिलाई एच्छिक नेपाली विषय लिई उच्च शिक्षा आर्जन गर्ने विद्यार्थीलाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै आगमि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । गौरी शंकर वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्मरसिंह वस्नेतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गौरीशंकर उच्च माविका प्राचार्य अम्वरबहादुर कुँवरले स्वागत र सह–प्रध्यापक कृष्णप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Post a Comment