२५ सय ५९ औँ बुद्ध जयन्तीको अवसारमा कास्कीको धम्पुसमा तेस्रो बुद्धजयन्ती मेला शुरु भएको छ ।  मिलन युवा क्लव धम्पुसको आयोजनामा लेककुनामा शुरु भएको मेलाको क्लवका पुर्वअध्यक्ष एवम समाजसेवी दल बहादुर गुरुङले उद्घाटन गरेका हुन् । मेलाको उद्घाटन गर्दै समाजसेवी गुरुङले मेला महोत्सवबाट स्थानिय प्रतिभाहरु उजागर हुने मौका मिल्ने दावी गरे । उनले युवाहरुको प्रयासमा आयोजना हुँदै आएको मेलाले नवप्रतिभाको खोजि समेत गरि राष्ट्रियस्तरमा प्लेटफर्म दिने कार्य गरेको भन्दै प्रशंस गरे । कार्यक्रममा वडा नागरिक मञ्च संयोजक आइतसिंह गुरुङ, नेपाल तमु विद्यार्थी छोँज धीं केन्द्रीय उपमहासचिव रिम गुरुङ, पृथ्वीनारायण मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी, गाँउशिक्षा समितिका सदस्य कुल प्रसाद भण्डारी, लगायतले बोलेका थिए । उद्घाटनका दिन मेलामा क्लवको तर्फबाट विभिन्न साँस्कृतिक कार्यक्रमहरु पं्रस्तुत भएका थिए । क्लवका अध्यक्ष गोपाल गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम भिम प्रकाश अधिकारीले संचालन गरेका थिए । 
यसैबीच धार्मिक तथा पर्यटकीय स्थल स्याङ्जाको आरुखर्क हाडीफोरेस्थित राम्चेदेवी मन्दिर परिषरमा भगवान गौतम बुद्वको शान्ति स्तुपा र भगवान शिवको निराकार ज्योर्तिलिङ्गको मूर्ति निर्माण गरिने भएको छ । राम्चेदेवी कृषि तथा पर्यटन विकास समितिले भगवान् गौतम बुद्वको आठौ प्रतिमुर्ति स्वरुपमध्य ज्योर्तिबुद्व शान्ति स्तुपा र शिव महिमाका १२ ज्योर्तिलिङ्ग मध्ये श्रेष्ठ मानिने अमरनाथ ज्योर्तिलिङ्गको मूर्ति स्थापना गर्न लागेको हो । त्यसले त्यसक्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्वनमा टेवा पु¥याउने अपेक्षा गरिएको समितिका अध्यक्ष मेजर दिलबहादुर गुरुङले बताए । बुद्व जयन्तीको अवसर पारी बैशाख २१ गते सो निर्माण कार्यको शिलान्यास गरिने समितिका महासचिव अर्जुनकुमार पौडेलले जानकारी दिए । कार्यक्रममा सहभागि हुन बौद्व भिक्षु कालासाङ्ग लामा तथा सन्त शिरोमणि लोकानन्द स्वामी आउने छन् ।   कार्यक्रमका सहभागिताका लागि सवैलाई आव्हान गरिएको छ । राम्चेदेवी मन्दिर प्रसिद्व धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चासे पञ्चधाम जाने बाटोमा पर्दछ ।  यसैबीच यही वैशाख २१ गते यस वर्षको बुद्धजयन्ती भूकम्पका कारण दिवङ्गत हुने व्यक्तिको निर्वाण (मोक्ष) र घाइतेको शीघ्र स्वास्थय लाभको कामना गरी मनाइँदै छ । राष्ट्रिय बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा नरेशमान वज्राचार्यका अनुसार राष्ट्रिय रूपमा मनाउने तयारी गरिएको बुद्ध जयन्तीको स्वरूप राष्ट्रिय विपत्तिका कारण परिमार्जन गरिएको छ । राष्ट्रिय विपत्तिको यस घडीमा सम्पूर्ण बौद्ध सङ्घसंस्थालाई पीडितलाई सहयोग गरी धैर्यधारण गर्ने, गराउनेतर्फ उत्प्रेरित गराउन आग्रह गरिएको उनले बताए । बुद्धजयन्तीलाई भव्यताका साथ मनाउन प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा टँुडिखेलमा गरिने भनिएको कार्यक्रम स्थगन गरिएको छ । बुद्धजयन्तीका दिन प्रार्थना गर्ने सार्वजनिकस्थल स्वयम्भूलगायत क्षेत्र भूकम्पका कारण प्रभावित भएको बज्राचार्यले बताए । उक्त दिन काठमाडौँको बौद्धमा एक घन्टा दिवङ्गतको मोक्ष र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्न प्रार्थना कार्यक्रम राखिएको मूल आयोजक समितिले जनाएको छ । भूकम्पका कारण स्वयम्भूलगायत क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माण एवम् त्यहाँको तत्काल संरक्षणमा जुट्न समितिले सरकारलाई आग्रह गरेको छ । 
 
 

Post a Comment