फेन्सी तथा रेडिमेड व्यावसायी संघ कास्कीको कार्यालय एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उक्त कार्यालयको पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष मिनराज काफ्लेले उद्घाटन गरेका हुन् । पोखरा र आसपासमा रहेका सयौ व्यावसायीहरु संगठित उक्त संघमा करिब ४ सय जना व्यावसायीहरुको संलग्नता रहेको संघका अध्यक्ष गिरीधारी अधिकारीले जानकारी दिए । संघ स्थापनाको करिब सात वर्ष पछि आफूहरु व्यवस्थित कार्यालय स्थापना गर्न सफल भएको उनले बताए । बुद्ध विशाल बजारको माथिल्लो तलामा रहेको उक्त कार्यालय स्थापनामा लागि करिब ५ लाख रुपैयाँ लगानी गरिएकोे अध्यक्ष अधिकारीले बताए । संघको कार्यसमितिमा रहेका पदाधिकारीको तर्फबाट करिब दुई लाख पचास हजार त्यति नै मात्रामा व्यवसायी सदस्यहरु मार्फत संकलन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा र आसपासमा अझै पनि हजारौंको संख्यामा फेन्सी तथा रेडिमेड व्यावसायीहरु रहेका छन् । उनीहरुलाई संघमा आवद्ध हुन समेत उनले आग्रह गरे ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
ब्यापार
» फेन्सी तथा रेडिमेड व्यवसायीको आप्नै कार्यालय
Subscribe to:
Post Comments (Atom)
Post a Comment