अनुपम म्युजिक पोखराको आयोजनामा आगामी वैशाख २६ गते हुने भनिएको अनुपम साङ्गीतिक साँझ स्थगित भएको छ । देशमा गएको महाभूकम्पका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै आयोजक मूल समितिको बैठकबाट कार्यव्रmम स्थगित गर्ने निर्णय गरिएको अनुपम म्युजिक पोखराद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तीमा जनाइएको छ । अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक तथा कार्यव्रmम संयोजक अनुराग अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि कार्यव्रmम स्थगित गरिएको जनाइएको छ । अधिकारीले यही वर्षमा कुनै उपयुक्त समय हेरेर कार्यव्रmम गरिने जानकारी दिनुभयो । करिब ५ सय टिकट बिव्रmी गरिसकिएको भए पनि विषम परिस्थितिका कारण अन्तिम अवस्थामा आएर कार्यव्रmम स्थगित गर्नुपरेकोमा क्षमा माग्दै अधिकारीले सोही टिकटले पछि हुने कार्यव्रmममा सहभागिता जनाउन सकिने पनि जनाए । विज्ञपतीमा महाभूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । सो कार्यव्रmममा काठमाडौँ र पोखराका विभिन्न कलाकारहरुको साङ्गीतिक प्रस्तुति र नृत्यका साथै अनुपम म्युजिक अवार्ड र सम्मान पनि प्रदान गर्ने कार्यव्रmम तय गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment