
यसैगरी सिद्धार्थ टोल विकास संस्था पोखरा–४, रामकृष्णटोलको तर्फबाट भुकम्प पीडितहरुका लागि करिब १७ हजार रुपैयाँ नगद संकलन गरिएको छ । संकलित रकम बराबरको राहत सामाग्री नेपाल रेडक्रस सोसाइटी कास्कीलाई हसतान्तरण गरिएको छ । जसअनुसार २६ थान व्लाङकेट र खाद्य सामाग्री रहेको संस्थाका अध्यक्ष गोमा कोइराला सुवेदीले गोल्डेन न्यूज दैनिकलाई बताइन । अध्यक्ष सुवेदी, उपाध्यक्ष सम्झना माकाजू, सचिव सीमा कोइराला र सदस्यहरु ज्योती कोइराला, देवका कोइराला, सुमित्रा श्रेष्ठ, मधुमाया पौडेल र दिव्य चालिसे लगायतले स्थानीय स्तरमा राहत सामाग्री संकलन गरेका थिए । संस्थाको विशेष बैठकले भुकम्पमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । यसैगरी कास्की कारागारमा रहेका कैदी तथा बन्दीहरुले समेत भुकम्प पीडितहरुको राहतका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन् । आफूहरुको खानाखर्च कटाएर कारागारमा रहेका ५०४ जना पुरुष तथा ६८ जना महिला बन्दीहरुले उक्त रकम मंगलबार प्रजिअ राउतलाई हस्तान्तरण गरेका थिए ।यसैगरी लायन्स क्लब अफ पोखरा डाउनटाउनले तीन जिल्लाका भुकम्प पीडितका लागि राहत वितरण गरेको हो । क्लबले गोरखा जिल्लाको खोप्लाङमा चारसय घरधुरी, धादिङको लप्सीडाडाँ र आँपचौर तथा सिन्धुपाल्चोक जिल्लामा राहत वितरण गरेको अध्यक्ष प्रमोद लामिछानेले जानकारी दिए । क्लबले वितरण गरेको राहत सामाग्रीमा एक हजार किलो चामल, एक सय २० किलो दाल नुन, तेल, लत्ताकपडा, प्राथमिक उपचारका लागि विभिन्न औषधिसहित एक सय पचास थान त्रीपाल र सोहि बराबर म्याटे«स रहेको छ । यसैगरी गण्डकी ट्रक यातातात व्यवसायी संघ पोखराले गोरखाको आरुघाटमा पुगेर राहत वितरण ग¥यो । आरुघाटका भूकम्पका भुकम्प पीडित ५४ घर परिवारका लागि ८२ हजार ५ सय बराबरको राहत सामाग्री वितरण गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष हेमराज सुवेदीले जानकारी दिए । राहत सामाग्रीमा चामल, दाल, नून, तेल र सोयाविन रहेको छ । गोरखाका विभिन्न स्थानहरुका जनताहरु उद्धार र राहतको पर्खाईमा आकाश हेरेर बसिरहेको र कति बेला कुन दिशाबाट हेलिकप्टर आउछ भनेर हेर्दाहेर्दा आँखा पट्टाईसकेका छन ती भुकम्प पीडित जनताहरुले बताएको सुवेदीले जानकारी दिए । यसैगरी गोरखा जिल्लाको श्रीनाथकोट गाविसका २, ७ र ८ नम्बर वडाका पीडितहरूलाई पोखरामा रहेका मदरल्यान्ड उच्च मा.वि, नोबेल एकेडेमी, हिमालय आँखा अस्पताल, वि क्यान गु्रप, परिवर्तनका लागि युवा, प्याडल नेपाल, साथी नेपाल, नेपाल फिजिकल ट्रेनिङ एन्ड एशोसिएशन क्षेत्रीय समिति पोखरा, एक्स आर्मी एजुकेसन एन्ड फिजिकल फाउन्डेसन, सिंगापुर ट्रेनिङ सेन्टर, धौलागिरि ट्रेनिङ सेन्टर, टास्क फोर्स नेपाल प्रालि, लोटस ट्रेनिङ इन्स्टिच्युट प्रालि, करिअर फाउन्डेसन नेपाल, पस्र्याङ रातोमाटा आमा समूह र बेलचौतारा बासीको सक्रियतामा करिब चार लाख बराबरको आर्थिक सहयोग जुटाई लागभग दुईसय घरपरिवार लाई खाद्य तथा त्रिपाल, म्याट्रेस, कम्बल आदि दैनिक उपभोग्य सामग्रीहरू वितरण गरिएको छ । एल.बी. गुरुङ, मीनराज गुरुङ, राजन पन्थी, दीपेन्द्र बहादुर आचार्य, नारायण बराल र क्या. राजबहादुर गुरुङलगायतका व्यक्तिहरूको संयुक्त टोलीद्वारा वितरण गरिएको उक्त कार्यक्रममा सङ्घ–संस्थाले देखाएको यस्तो किसिमको सदासयताले भुकम्प पीडितको घाउमा मलमपट्टी लागाउन धेरै सहयोग पु¥याएको बताएका थिए ।
यसैगरी युवा टोल सुधार समिति कुँडहर पोखरा–१३ र वि.पि मार्ग आमा समूहले धादिङको कुम्पुर गाविस वडा नं ४ स्थित कत्लेडाडाँका भुकम्प पीडितलाई राहत वितरण गरेको छ । समितिका अध्यक्ष रामकुमार राई र आमा समूहकी अध्यक्ष सीता भुजेल लगायतले राहत वितरण गरेका थिए । सो क्षेत्रका २१ घरपरिवार लाई त्रिपाल, लत्ताकपडा, औषधि, म्याट्रेस र खाद्य सामाग्री गरी झण्डै एक लाख बराबरको राहत वितरण गरिएको अध्यक्ष राईले बताए । गोरखा जिल्लाको घ्याचोक गाविसका चार वडाका भुकम्प पीडितलाई चाइल्ड वेलफेयर एण्ड एजुकेशन (सि डब्लु इ) ले सोमबार राहात प्रदान गरेको छ । गाविसका चारवटा वडा बाँसबोट (वडा नं ५), तुर्ति (वडा नं ७), धनसीरा(वडा नं ८) र धनसीरा(वडा नं ९) का १५० घरधुरीलाइ संस्थाले छ लाख बराबरको राहत वितरण गरेको हो । संस्थाका संस्थापक अध्यक्ष एवं निर्देशक दिपक गुरुङ र कास्की बालगृह सञ्जालका महासचिव बिजय कुमार प्रधानले पीडितहरुलाइ त्रिपाल,दाल,चामल लगायतका खाद्यान्न सामाग्री वितरण गरेका थिए । साथै संस्थाले डा.लवेन्द्र नारायण शाहको नेतृत्वमा स्वास्थ्य शिविर समेत सम्पन्न गर्यो । शिविरबाट ४ वडाका सयभन्दा बढी बिरामीले उपचार पाएको गुरुङले बताए । यसैगरी विनाशकारी भुकम्पको महाविपतिबाट प्रभावितहरुका लागि राप्रपा नेपाल कास्कीले कास्कीको ल्वाङघलेल गा.वि.स. वडा नं.८ पुरुदुमा राहत वितरण गरेको छ । देश चरम संकटमा परेको यस घडीलाई मध्यनजर गर्दै राप्रपा नेपाल कास्कीको टोली केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईको नेतृत्वमा ल्वाङघलेल पुगेको थियो । ल्वाङ्घलेल गाविस वडा नं.८ का २१ घरपरिवारलाई आवश्यक पर्ने राहत सामाग्री प्रत्येक परिवारलाई ३० केजी चामल, एक÷एक प्याक चाउचाउ, २।२ किलो नुन लगायत अन्य आवश्यक सामाग्रीहरु वितरण गरेको बताइन्छ । यसैगरी महिला समाज सेवा समिति चिप्लेढुङ्गा पोखराले भुकम्पमा परि मृत्यु हुनेहरुको आत्माको शान्तिका लागि सोमबार साँझ विपिचोकमा शान्तिदीप प्रज्वलन गर्नुका साथै मंगलबार कास्कीको सार्दीखोलाका भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरेको छ । शान्तिदीप प्रज्वलन कार्यक्रममा समितिका अध्यक्ष शारदा पराजुलीले दैवी विपत्तिको पीडा सहन सक्ने शक्ति सबैमा प्राप्त हुने विश्वास व्यक्त गर्दै विपद्को बेला एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्नेमा जोड दिइन ।
यसैगरी इनरह्वील क्लव अफ पोखरा न्यूरोडले पोखराले भुकम्पमा परि मृत्यु भएकाहरुको सम्झनामा शान्तिदीप प्रज्वलन गरिएको छ । बुद्ध जयन्तीको अवसरमा पोखराको रामघाटमा रहेको बौद्ध अर्घौ सदनमा आयोजित कार्यक्रममा भुकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको संस्थाकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिइन । यसैगरी समितिले सार्दीखोलाका ४० घर परिवारलाई ४० हजार रुपैयाँ बराबरको त्रिपाल र खाद्यसामाग्री वितरण गरेको समितिकी सचिव गायत्री पराजुलीले बताइन ।
यसैगरी स्याङ्जाली सम्पर्क सदन पोखराले स्याङ्जा जिल्लाका भूकम्प पीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको छ । समाजका अध्यक्ष देवी अर्यालले सो रकम स्याङजाका प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई हस्तान्तरण गरेका थिए । यसैगरी कैलास विकास बैंकले प्राकृतिक विपत्तिका कारण उत्पन्न शोकको घडीमा आफनो सर्वश्व गुमाउने सम्पूर्ण व्यक्ति तथा परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै भुकम्पबाट घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना राहतका लागि रकम प्रदान गरेको छ । महाभुकम्पको कारण पीडित व्यक्तिहरुको सहयोगार्थ रु.२५ लाख रुपैंया तथा कार्यरत कर्मचारीहरुको तर्फबाट ६ दिन सम्मको तलबबाट रु.३ लाख ८० हजार गरी कूल रकम रु.२८ लाख ८० हजार सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
यसैगरी महाभुकम्पमा परि पीडित परिवारको सहयोगार्थ लेखनाथ नगरपालिका वडा नं ३ को ढलेपिपल टोल विकास संस्थाले स्थानीय तहमा संकलन गरेको ४२हजार एक सय ५२ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ । टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको सक्रियतामा संकलन गरिएको रकमलाई लेखनाथमा रहेको एभरेष्ट बैंकको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको टोल विकास संस्थाका अध्यक्ष विश्वप्रकास बरालले जानकारी दिए । यसैगरी भुकम्पका कारण बन्द भएका विद्यालयहरु सुचारु भएसँगै प्रभावित परिवारलाई सहयोग जुटाउन जुनियर रेडक्रस सर्कल लागेका छन् । मंगलवार जुनियर रेडक्रस सर्कल भारती भवन उच्च मावि, पुरुञ्चौरबाट संकलित रकम १३ हजार ४ सय ३० रुपैंया कास्की शाखालाई हस्तान्तरण गरिएको छ । यसअघि कञ्चनजंगा एकेडेमी सेण्टर, लेखनाथ–८,शिशुवाले सहयोग गरिसकेको छ । कास्कीमा १ सय ६० जुनियर रेडक्रस सर्कल रहेका छन् । मंगलबार चिप्लेढुङ्गा महिला समाज सेवा, पोखरा–४ बाट ३० हजार, युवा सर्कल गौरीशंकर क्याम्पस, हेमजाबाट २ हजार, हेमजा युवा रेडक्रस सर्कल, हेमजा ६ हजार, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाबाट २० हजार, चिन्तनशिल महिला समूह, पोखरा–५, मालेपाटनबाट ४० हजार, र नगेन्द्र अधिकारी एवम् साथीहरु, जोर्डनबाट १ लाख रुपैयाँ प्राप्त भएको छ । हालसम्म १६ लाख ६० हजार ४ सय १४ रुपैया संकलन भएको कोषाध्यक्ष धर्मराज अधिकारीले जानकारी दिए । साथै विभिन्न सामग्री खरिद र यातायात ढुवानीमा १५ लाख ६५ हजार ६ सय ८७ रुपैयाँ खर्च भएको छ । यसैगरि महिला समाजसेवा समिति पोखरा–४ बाट ४० थान त्रिपाल, शिवटोल टोल विकास संस्था पोखरा–९ बाट ५० कार्टुन पानी, १२ बोरा चामल, ४ कार्टुन चाउचाउ, १ सय ३२ केजी नुन लगायत दैनिक उपभोग्यका सामग्री प्राप्त भएको रेडक्रसले जनाएको छ ।यसैगरी नेपाल निर्माण व्यवसायी संघ कास्कीले प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा नगद २ लाख ५५ हजार ५सय ५५ रुपैया सहयोग गरेको छ । संघ कास्कीका अध्यक्ष ऋषिराम गौतमको नेतृत्वमा गएको निर्माण व्यवसायीहरुको टोलीले उक्त रकमको भौचर मंगलवार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमलाई लाई हस्तान्तरण गरेका थिए । सवैको सहयोगले पीडितहरुको लागि केही भए पनि राहत पुग्ने ठानेर उक्त सहयोग गरेको अध्यक्ष गौतमले बताए । यसैगरि नेपाल निर्माण व्यवसायी संघ कास्कीको एक टोली महाभुकम्पले प्रभावित गोर्खाको आरुभन्ज्याङ र थुमी गाविसमा स्थलगत रुपमा राहत वितरणको लागि वुधवार पोखरावाट प्रश्थान गर्ने संघका कार्यालय प्रमुख डम्वरराज ढकालले जानकारी दिए । उक्त गाविसमा पाँच लाख वरावरको सामाग्री २ सय परिवारको लागि प्रति परिवार २० किलो चामल सहित आधारभूत खाद्य सामागी वितरण गर्ने ढकालले बताए । यसैगरी गोरखाको मान्वु गाविस छाप्ठोकरमा कास्कीको नयाँपुलबाट गएको एक टोलीले करिव ४ लाख बराबरको राहत सामाग्री वितरण गरेको छ । सातवटा जिप मार्फत नयाँ पुल विरेठाँटी घान्द्रुक तिखेढुङा जिप समिति, नयाँपुल बजार व्यवस्थापन समिति, वाजगरा आमा समुह लगायत स्थानीयद्वारा संकलन गरिएका राहत समाग्री लिएर टोली सोमबार सो स्थानमा पुगेको थियो । राहत समाग्रीमा त्रिपाल, मेट्रेस चामल, दाल, चिउरा, दालमोट, मस्यौरा, नुन, भुजा, लत्ताकपडा लगायतका सामाग्री रहेको टोलीको नेतृत्व गरेका लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचनले जानकारी दिए । ९५ भुकम्प पीडित घर परिवारलाई ३० किलोका दरले चामल सहित अन्य राहत सामाग्री वितरण गरिएको शेरचनले बताए । यसैगरी पोखरा ९ दरबारथोक स्थित चण्डिका आमा समुहले तनहुँको हटिया र टार गाउँका भुकम्प पीडितलाई सोमबार राहत वितरण गरेको छ । तनहँुको शुक्ला गण्डकी नगरपालिका वडा नं. २ टार र हटियाका भुकम्पबाट घर गुमाएका आर्थिक स्थिति अत्यन्त नाजुक रहेका ४५ घरपरिवारलाई राहत वितरण गरेको हो । आमा समूहका सदस्यहरुले खाद्यान्न र हेलो स्टेशनरीबाट विद्यार्थीहरुको लागि स्टेशनरी सामाग्री वितरण गरिएको समुहकी सचिव विमला रानाभाटले बताईन् ।
Post a Comment